पाल्पा । लायन्स क्लव अफ तिलोत्तमा स्टार्सले भुमिशाला आधारभुत विद्यालय तिनाउ-५, पाल्पाका जेहेन्दार बिद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयलाई स्वच्छ खानेपानीको जार हस्तान्तरण गरेको छ ।
बिद्यालय व्यवस्थापन समितिका पदाधिकारी ,अभिभावक संघ, स्थानिय संघ संस्थाका प्रतिनिधी, क्लवका पदाधिकारी लगाएको उपस्थितीमा शैक्षिक सामग्री तथा खानेपानी जार वितरण गरिएको हो ।
क्लवको बर्ष २०२५÷०२६ का अध्यक्ष रमेश कुमार पराजुलीको अध्यक्षता एवम् जिल्ला शिक्षा समन्वय इकाई पाल्पाका लेखा अधिकृत तुल्सीराम घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर दर्लामी, प्राचार्य जोगबहादुर आले, क्लवका संस्थापक अध्यक्ष लक्ष्मी थापा, द्धितिय उपाध्यक्ष प्रतिक पाण्डेय लगाएतले बोल्दै समाज प्रतिको उत्तरदायित्व बहन गर्नु आम नागरिकको कर्तव्य भएको बताए ।
उनीहरुले जेहेन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकोमा लायन्स क्लव अफ तिलोत्तमा स्टार्स परिवारलाई धन्यवाद दिदै आगामी दिनमा समेत कार्यक्रमलाई निरन्तरता दिन सुझाव दिए ।
क्लवका प्रथम उपाध्यक्ष रामप्रसाद पौडेलको स्वागत र सचिव पिताम्बर खनालको सञ्चालनमा भएको कार्यक्रममा ५० जना जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा विद्यालयलाई स्वच्छ खानेपानीको जार प्रदान गरिएको क्लवले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology