काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूले देशभरि चुनाव तालमेलका लागि बुधबार सात बुँदे निर्णय गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ
गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरिएको छ।
केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने अर्को निर्णय भएको छ। 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology