Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान

images
  • नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित पदाधिकारीहरुलाई बुटवलमा सम्मान
    images
    images

    बुटवल । नेपाल उद्योग वाणिज्य महासंघमा लुम्बिनी प्रदेशबाट निर्वाचित भएका पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई बुटवलमा सम्मान गरिएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीले बैशाख २१ र २२ गते काठमाडौंमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको ६० औं साधारणसभा तथा निर्वाचनमा लुम्बिनी प्रदेशबाट निर्वाचित पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई सम्मान गरेको हो ।

    images
    images
    images

    उनीहरुलाई बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, पूर्वअध्यक्षहरु जीवनप्रसाद वझा, ज्ञानेन्द्र कसजू, अर्जुनमान सैंजू, निर्मलप्रसाद लाकौल, नवराज श्रेष्ठ, सुरेन्द्रप्रसाद श्रेष्ठ, खिमबहादुर हमाल तथा कार्यसमितिका पदाधिकारीहरुले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

    images
    images
    images

    नेपाल उद्योग वाणिज्य महासंघको आगामी ३ वर्षे कार्यकालको लागि जिल्ला÷नगर तर्फबाट उपाध्यक्ष पदमा सिद्धार्थनगर भैरहवाका कृष्णप्रसाद शर्मा, लुम्बिनी प्रदेश अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ सहित कार्यकारिणी समिति सदस्यमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, निवर्तमान अध्यक्ष उज्ज्वलप्रसाद कसजू, परासीका केशवप्रसाद भण्डारी, पाल्पाका मोहनप्रसाद श्रेष्ठ, कोहलपुरका लक्ष्मणराज पौडेल, कपिलबस्तुका यज्ञप्रसाद भट्टराई, रोल्पाका बालकृष्ण सुवेदी जिल्लानगर तर्फबाट तथा सिद्धार्थ सिमेन्टका राजेशकुमार अग्रवाल, पञ्चकन्याका उज्ज्वलकुमार श्रेष्ठ, एसआर स्टिलका सुरज उप्रेती र सर्वोत्तम सिमेन्टका दिवश न्यौपाने एसोसियटतर्फबाट निर्वाचित भएका थिए ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै महासंघ उपाध्यक्ष कृष्णप्रसाद शर्माले उद्योगी व्यवसायीका समस्या समाधानका लागि आफू सक्रिय रुपमा लाग्ने प्रतिबद्धता जनाए । कार्यकारिणी समिति सदस्यहरुलाई विषयगत जिम्मेवारी दिएर सम्बन्धित क्षेत्रका मुद्दा उठान गरिने उनले बताए । उद्योगी व्यवसायीका समस्या समाधानका लागि जहाँ जहाँ जानुपर्ने हो गएर पहल गरिने उनको भनाइ थियो ।

    उनले अधिकतम खुद्रा मूल्य (एम.आर.पी.) प्रणाली आवश्यक भए पनि एकैपटक कार्यान्वयन गर्न कठिन हुने भन्दै उद्योग, आयात र खुद्रा क्षेत्रलाई क्रमिक रुपमा समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिए । त्यस्तै लुम्बिनी प्रदेश अध्यक्षमा निर्वाचित ठाकुरकुमार श्रेष्ठले समग्र लुम्बिनी प्रदेशको औद्योगिक, व्यवसायिक तथा आर्थिक विकासका लागि महासंघले नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरे । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # उद्योग वाणिज्य महासंघ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।