Logo

२०८३, कार्तिक २८गते


images
images

नेपाल स्वयमसेवी रक्तदाता समाज देवदहको अध्यक्षमा पौडेल निर्वाचित

नेपाल स्वयमसेवी रक्तदाता समाज देवदहको अध्यक्षमा पौडेल निर्वाचित

images
  • नेपाल स्वयमसेवी रक्तदाता समाज देवदहको अध्यक्षमा पौडेल निर्वाचित
    images

    देवदह । नेपाल स्वयमसेवी रक्तदाता समाज देवदहको अध्यक्षमा पवन पौडेल निर्वाचित भएका छन् । बुधबार सम्पन्न भेलाले पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

    images
    images
    images

     समाजको उपाध्यक्षमा विमल भुषाल, सचिवमा अर्जुन गैरे, कोषाध्यक्षमा पुकार केसी र सह-सचिवमा चोली मायाँ राना चयन भएको समाजका जिल्ला अध्यक्ष कृष्ण बहादुर चौहान क्षेत्रीले जानकारी दिए ।

    images
    images
    images

    समाजको सदस्यहरुमा अब्दुल मुस्ताफा, बिष्णु पाठक, शोवराज जैशी र दिपा भट्टराई रहेका छन् । भेलाले ६ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा गोपाल प्रसाद ढकाल, मोहन बहादुर जिसी, बिष्णु प्रसाद अर्याल, डोलराज न्यौपाने (अर्जुन), चमकान्त गौडेल र कृष्ण प्रसाद न्यौपाने रहेका छन् ।

    images
    images

    समाजले देवदहका १२ वटै वडाका रक्तदाताहरुलाई संगठित गर्ने, नियमित रक्तदानका कार्यक्रमहरु गर्ने, रक्तदानको महत्व बुझाउन विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने नवनिर्वाचित अध्यक्ष पौडेलले बताए ।

     

     

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # स्वयमसेवी रक्तदाता
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।