देवदह । नेकपा माओवादी केन्द्र देवदह नगर कमिटीका प्रवक्ता प्रेम थापाले पार्टीबाट राजिनामा दिएका छन् । पार्टीको निर्णय विपरित नगर उपप्रमुखको पदमा उम्मेदवार दिएको र उक्त उम्मेदवारी फिर्ता लिने सम्भावना नभएको भन्दै थापाले राजिनामा दिएका हुन् ।
नगर पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजिनामा पत्रमा थापाले परिस्थिति भिन्न देखिएकोले पार्टीको जिम्मेवारीमा नरहने उल्लेख गरेका छन् । पत्रमा आगामी दिनमा स्वतन्त्र रुपमा सामाजिक काममा सक्रिय हुने उल्लेख गर्दै उनले पार्टीलाई सधै साथ र सहयोग गर्ने जनाएका छन् ।
मगर अगुवा समेत रहेका थापा जनजाति समुदायबिच लोकप्रिय छन् । उनले जनजाति समुदायको भोट आफुलाई प्राप्त हुने र आफुले जित्ने दावी गर्दै पार्टीबाट नगर उप-प्रमुखको दावी गरेपनि पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
सेतोमसीसंग कुरा गर्दै थापाले नगरपालिकाभित्रको मगर समुदायको मत आफुलाई प्राप्त हुने र आफुले निर्वाचन जित्ने बताए । 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology