देवदह । नेपाल कम्यूनिष्ट पार्टी एमाले देवदहले चुनाव प्रसार अन्र्तगत घरदैलो कार्यक्रमलाई निरन्तरता दिएको छ । बैषाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले देवदहले घरदैलो अभियान संचालन गरेको हो ।
स्थानीय तहको निर्वाचन अन्र्तगत एमालेले देवदह ९, बुद्धनगरबाट घरदैलो अभियान संचालन गरेको हो । मेयर, उपमेयर, वडाअध्यक्ष एवं वडा सदस्यहरुका उम्मेदवारले घरदैलो अभियान संचालन गरेको सो पार्टीले जनाएको छ ।
घरदैलो अभियानको शुरुवात गर्दै मेयर पदका उम्मेदवार धुव्रप्रसाद खरेलले देवदह ९, लाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न आफुले पहल गर्ने दावी गरे । देवदह दह, सातपत्रे सिमसार क्षेत्र, खयरडाडा दवार क्षेत्र र भलुहीमा रहेको रोहिणी नदीलाई विश्वका पर्यटकहरु आउने गरी संरचना तयार उनको भनाइ छ ।
सोही अवसरमा बोल्दै उपमेयरका उम्मेदवार विद्यालक्ष्मी गुरुङले गत २०७४ को स्थानीय तहको निर्वाचनमा मेयर पदमा पराजित भएका कारण सोचे जस्तो काम गर्न नसकेको बताउँदै स्थानीय तहमा भएका सिमित श्रोत साधन प्रयोग गर्दै धेरै विकास निर्माणको काम गरेको दावी गरिन् ।
नेकपा एमाले देवदह ९, ले बुद्धनगरबाट शुरुवात गरेको घरदैलो अभियान विभिन्न टोल हुदै भलुहीमा गएर समापन भएको सो पार्टीले जनाएको छ । घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।
यसैगरी नेकपा एमाले देवदह ५, ले पनि घरदैलो कार्यक्रम गरेको छ । एमाले ५, शाखा कमिटीले खैरेनी चोकदेखि गुरुगटोला हुदै कोलुवा, शान्ति टोलमा घरदैलो गरेको शाखा कमिटीका सचिव रमेश पोखरेलले जानकारी दिए ।
यसैगरी देवदह ६, सरनवारीमा पनि एमालेले घरदैलो कार्यक्रम गरेको छ । एमाले देवदह ६, शाखा कमिटीले सरनवारीमा वडाका उम्मेदवार सहित घरदैलो कार्यक्रम गरेको एमालेले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology