काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बैठक शुरु हुनेछ ।
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले (क) 'प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने । (ख) 'प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने । (ग) 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने । र (घ) 'मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३' प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology