Logo

२०८३, आश्विन १०गते


images
images

स्थानीय तह निर्वाचन

सुनवलमा  गठबन्धनको घरदैलो : विकास र समृद्धिका लागि आफुहरूलाई मतदान गर्न अपिल

सुनवलमा  गठबन्धनको घरदैलो : विकास र समृद्धिका लागि आफुहरूलाई मतदान गर्न अपिल

images
  • सुनवलमा  गठबन्धनको घरदैलो : विकास र समृद्धिका लागि आफुहरूलाई मतदान गर्न अपिल
    images
    images

    सुनवल । पश्चिम् नवलपरासी सुनवल नगरका लागि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका तर्फबाट नगर प्रमुख र उपप्रमुख  पदका उम्मेदवार अर्जुन पोख्रेल  र लेखनाथ खरेलले  वडा नं ७  मा घरदैलो कार्यक्रम गरेका छन् । पुर्व निर्धारित समय अनुसार गठबन्धनले बिहान ७ बजे देखि साँझ ६ बजेसम्म घरदैलो गरेको हो ।

    images
    images
    images

    मतदातासंग भेट गर्ने क्रममा प्रमुखका उमेदवार अर्जुन पोख्रेलले  आवश्यकता र विकास निर्माणका बारेमा कुराकानी गरेका थिए । विकास निर्माणका काम निरन्तर चलिरहन गठबन्धनको जित हुन पर्नेमा जोड दिए । सुनवल ८ मा रहेको अस्पतालको स्तर उन्नति, शैक्षिक बिकाश, कृषिमा क्रान्ति गठबन्धन जिते सवै सम्भव हुने उनले बताए । आफू पदमा हुदा नहुदा पनि  विकास निर्माणका काममा निरन्तर लागेको बताउदै उनले आगामी दिनमा पनि निरन्तर जनताको सेवामा खटिने प्रतिबद्धता जनाएका थिए ।  

    images
    images
    images

    सोही क्रममा संयुक्त गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार  लेखनाथ खरेलले सुनवल ७,८ को समस्यको पहिचान गरेको र सोही अनुरुप काम गरिने बताएका छन्। गठबन्धन बिजय भए पहिलो प्राथमिकतामा बाटो निर्माणलाई राख्ने बताए । उनले सुनवललाई शैक्षिक हबमा बिकाश गर्ने सकिने समेत बताए ।

    images
    images
    images

    घरदैलो अभियानमा नागरिकसंग कुरा गर्दै दुबै उम्मेदवारले अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिने काम गठबन्धनकै पालामा सुरु भएको बताएका थिए । 
    घरदैलो कार्यक्रम कै विचमा मिडियाकर्मीसंग कुरा गर्दै प्रमुख र उपप्रमुखका उम्मेदवारहरूले सुनवलको विकास र समृद्धि नै आफुहरूको सपना भएको बताएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।