कृष्ण अन्जान, गुल्मी । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जिल्लाका ग्रामिण क्षेत्रमा निर्वाचनको खासै रौनक देखिदैन । अधिकांश घरहरुमा बृद्धबृद्धा र बालबालिका मात्रै छन । अध्यन र अवशरको खोजिमा युवापुस्ता शहर पसेछि गाउँ रित्तिएको हो । गाउँमै भएकाहरु पनि कस्लाई मतदान गर्ने भन्ने बिषयमा अन्यौलमै देखिन्छन । विभिन्न राजनैतिक दलका उमेद्धार भोट माग्न घर दैलोमा पुग्दा सबैलाई हुन्छ भने पनि अधिकांश बृद्धबृद्धाले मतदान गर्ने उमेद्धार भने शहरमा रहेका छोराछोरीले तय गर्ने गरेका छन ।
गुल्मीको रुरुक्षेत्र गाउँपालिकाका उमेद्धारहरु शहरमा रहेका मतदाताको प्रतिक्षामा छन । घरमा बा आमाहरु हुनुहुन्छ उहाँहरुलाई भनेर खास मतसंख्यामा फरक फर्दैन उमेद्धार समेत रहेका स्थानिय शुसिल श्रेष्ठले भने । सके आफुहरु नै मतदानमा सहभागी हुने अन्यथा बा आमालाई चुनाव चिन्हको बारेमा फोन गरेर भन्ने गरेको गुल्मीबाट बुटवल झरेका डोलराज पौडेलको भनाई छ । शहरमा बसोबास गर्दै आइहेका अधिकांश मतदानका लागि गाउँ जाने गरेका छन । स्थानिय तहको मतपरिणाममा शहरी क्षेत्रमा बसोबास गर्ने मतदाताको निर्णायक संख्या हुने गरेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology