Logo

२०८३, आश्विन १०गते


images
images

संयुक्त गठबन्धनबाट उप-मेयरको उम्मेदवार बनेकी गिरि को हुन् ? 

संयुक्त गठबन्धनबाट उप-मेयरको उम्मेदवार बनेकी गिरि को हुन् ? 

images
  • संयुक्त गठबन्धनबाट उप-मेयरको उम्मेदवार बनेकी गिरि को हुन् ? 
    images
    images

    देवदह । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको तयारी तिब्र रुपमा अगाडि बढीरहेको छ। चुनावमा होमिएका सबै राजनीतिक दलले प्रचारप्रसार र घरदैलो अभियानलाई तिब्र रुपमा संचालन गरिरहेका छन् ।

    images
    images
    images

    देवदह नगरपालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धन बनेको छ। काङ्ग्रेस-माओवादीको संयुक्त प्यानलबाट उपप्रमुख पदमा सुन्दरी गिरिले उम्मेदवारी दिएकि छिन् । 

    images
    images
    images

    को हुन्  सुन्दरी गिरि ?

    images
    images
    images

    गिरिको जन्म वि. सं. २०३२ साल जेठ १२ गते पाल्पा जिल्लाको हेक्लाङमा भएको हो । २०५० सालमा वैवाहिक सम्बन्धमा बाधिएपछी उनी देवदहको चरङ्गेमा बसोबास गर्न थालिन् ।

    माध्यमिक शिक्षा उत्तीर्ण गरेकी गिरि २०६४ सालबाट सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् । २०६७ सालमा चरङ्गे सरसफाई तथा उपभोक्ता समितिको अध्यक्ष बनेर कुशलता पूर्वक कार्यकाल सम्पन्न गरेकी गिरि ०६४ देखि ०७९ सम्म आइपुग्दा सम्म विभिन्न संघ संस्थाहरुमा आवद्ध रहेर कार्यभार सम्हालेकी छिन ।

    २०६८ सालमा वास योजना अन्तर्गत साविक देवदह गाविसलाई 'एक घर एक शौचालय' अभियान अन्तर्गत खुल्ला दिशामुक्त क्षेत्र बनाउनका लागि सदस्यको रुपमा रहि महत्त्वपूर्ण योगदान दिएकी गिरिले २०६९ देखि २०७१ सम्म साविक वडा नम्बर १० को वडा नागरिक मंचको संयोजकको भूमिकामा रहि उदाहरणिय कार्य गरेको स्थानीय बताउँछन् ।

    उनले सामुदायिक विद्यालय सीता माविको विद्यालय व्यवस्थापन समतिको सदस्य हुँदै देवदह नगरपालिका महिला समन्वय समिती (संजाल) मा रहि संयोजकको रुपमा रहेर समेत कार्य गरेकी थिइन् । साना किसान कृषि सहकारी संस्थाको वडा नम्बर १० को सचीवमा रहेर काम गरेकी गिरि निर्माण बहुउद्देश्यीय सहकारी संस्थाको समेत उपाध्यक्ष हुन् ।

    २०६९ सालमा चरङ्गे भूमिगत खानेपानी तथा सरसफाइ संस्थाको कोषाध्यक्ष पदमा निर्वाचित भएकी गिरि हाल सोहि संस्थाको अध्यक्ष समेत रहेर कार्यभार संचालन गरिरहेकी छिन् । उनी सामुदायिक रेडियो देवदहको संचालक समितिको सदस्य समेत हुन् ।

    २०६४ मा सक्रिय राजनीतिमा प्रवेश गरे पश्चात् अखिल नेपाल महिला संघ क्रान्तिकारीको देवदह सह-इन्चार्ज हुँदै नेकपा माओवादी केन्द्रको नगर उपाध्यक्ष र अखिल नेपाल सुकुम्बासी समस्या समाधान आयोगको केन्द्रिय सदस्यको रुपमा कार्यरत छिन । पछिल्लो समय देवदहमा रहेको अव्यवस्थित बसोबासी र भुमिहिनको समस्या समाधान गरि लालपुर्जा वितरणको लागि नापजाँचको काम सुरु हुनुमा गिरिको महत्वपूर्ण भुमिका रहेको माओवादी नेताहरू बताउँछन् ।

    छोटो समयमै कार्यकुशलता र दक्षता प्रस्तुत गर्दै सामाजिक र राजनीतिक कार्यमा फड्को मारेकी गिरिको समाज र जनताको सेवा गर्ने धित मरेको छैन । सामाजिक, राजनीतिक, शैक्षिक क्षेत्रमा जिम्मेवार पदमा रहेर कुशलता पूर्वक कार्यकाल संचालन गरेकी गिरिको देवदह नगरपालिकाको नगर उपप्रमुख बनेर समृद्ध देवदह निर्माण गर्ने सपना रहेको छ। उक्त सपनालाई साकार पार्न संयुक्त गठबन्धनबाट उप-प्रमुख पदमा उम्मेदवार बनेको बताउँमे गिरिले समग्र देवदहवासीलाई साथ र सहयोग गर्न अपिल समेत गरेकी छिन ।

    छोटो समयमै धेरै संघसंस्थाहरूको नेतृत्व लिएर काम गर्नुभयो । तपाईं कै पार्टीका कार्यकर्ताको भनाइ अनुसार देवदहको सुकुम्बासी समस्याको समाधानका लागि पार्टीमा छलफल चलाएर रुपन्देही जिल्लामै पहिलो पटक देवदहमा उक्त कार्यको थालनी गर्न पहल गर्नुभयो तर तपाईंले यी सबै काम बारे न सामाजिक संजालमा लेख्नुहुन्छ न त कहि कतै बोल्नुहुन्छ । यस्तो मौनता किन भन्ने सेतोमसीको प्रश्नमा गिरी आफ्नो स्वभाव नै पाएको जिम्मेवारी पूरा गर्ने धेरै कुरा गर्ने नरहेको बताईन् । आफू कम बोल्ने र बोलेको पूरा गर्ने स्वभावको व्यक्ति भएको उल्लेख गर्दै उनले देवदह उपनगरप्रमुखमा विजयी भए विगतका जनप्रतिनिधिले जस्तो हल्ला बढी काम कम होईन, कुरा कम र काम बढी गरेर देखाउने दावी गरिन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुन्दरी गिरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।