Logo

२०८३, आश्विन ९गते


images
images

आर्सनललाई हराउदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

आर्सनललाई हराउदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि

images
  • आर्सनललाई हराउदै पिएसजीले जित्यो च्याम्पियन्स लिगको उपाधि
    images
    images

    काठमाडौँ । पिएसजीले युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको  छ ।

    images
    images
    images

    हंगेरीको बुडापेष्टमा सम्पन्न फाइनलमा पिएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

    images
    images
    images

     यसअघि ९० मिनेटसम्म दुवैतर्फबाट १-१ गोलको बराबरी भएपछि  खेल ३० मिनेटको अतिरिक्त समयमा खेलिएको थियो । अतिरिक्त समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

    images
    images
    images

    आर्सनलका लागि खेलको छैटौं मिनेटमा काइ हाभार्टले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए भने पिएसजीका लागि खेलको ६५औं मिनेटमा ओसमान डेम्बेलेले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।

    यसअघि २००६ मा उपविजेता बने आर्सनल दोस्रो पटक उपाधि नजिक पुगेर उपविजेतामै चित्त बुझाएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पिएसजी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।