Logo

२०८३, आश्विन १०गते


images
images

अर्थतन्त्रबारे सचेत छैनन् उम्मेदवार, प्रचारका नाममा 'बूस्ट' मार्फत करोडौं पुँजी पलायन हुँदै

अर्थतन्त्रबारे सचेत छैनन् उम्मेदवार, प्रचारका नाममा 'बूस्ट' मार्फत करोडौं पुँजी पलायन हुँदै

images
  • अर्थतन्त्रबारे सचेत छैनन् उम्मेदवार, प्रचारका नाममा 'बूस्ट' मार्फत करोडौं पुँजी पलायन हुँदै
    images
    images

    बुटवल । राष्ट्रको ढुकुटीमा संचित विदेशी मुद्रामा भारी गिरावट आएपछी देशको अर्थतन्त्रमै उथलपुथलको स्थिति सिर्जना भएको छ । जसका कारण पुँजी बाहिरीन नदिन सरकारले १० बस्तुको आयातमा प्रतिबन्ध नै लगाएको छ ।

    राष्ट्रिय अर्थतन्त्रको यही कठिन घडिमा देश निर्वाचनमा होमिएको छ । यद्यपि निर्वाचनको क्रममा आर्थिक गतिविधि बढ्न सक्ने र तरलता अभाव घट्ने विश्लेषण अर्थशास्त्रका जानकारहरूले गरेका छन । तर, देशको अर्थतन्त्रलाई राम्रोसँग बुझेका र देशको सबैभन्दा बलियो र प्रत्यक्ष जनतासंग जोडिने स्थानीय सरकारको नेतृत्व गर्न निर्वाचन लड्दै गरेका राजनीतिक दल र स्वतन्त्र तर्फका उम्मेदवारले नै देशको पुँजी बाहिरिने गरि सामाजिक संजालमा पैसा तिरेर 'बूस्ट' गरेका छन् ।

    डलर तिरेर सामाजिक संजाल फेसबूक, इन्स्टाग्राम, ह्वाटस्एप मा गरिने प्रचार आफुले चाहेको क्षेत्रका मतदाताको मोबाइल स्क्रीनमा अघि देखिने गर्छ । सोही प्रकृतिको प्रचारका लागि उम्मेदवारहरूले डलर तिरेर देशको ढुकुटी बिदेश पुर्याईरहेका छन् ।

    स्थानीय स्रोत र साधनको उपयोग गर्छौ, हामी विकास र समृद्धिको मूल फुटाउँछौं भनेर भाषण गर्ने नेताहरूसंग प्रचारको विकल्पको रुपमा प्रशस्त मिडियाहरू हुँदाहुँदै प्रचारको लागि स्वदेशी पुँजी पलायन हुने विकल्प रोज्नुको पछाडि उनीहरू देशको अर्थतन्त्रबारे चिन्तित नरहेको बुझ्न सकिन्छ ।

    यसरी 'बूस्ट' गर्नेहरूमा दलिय उम्मेदवारदेखि दलले गरेनन् अब हामी गर्छौ भनेर स्वतन्त्र उम्मेदवारी दिनेहरू समेत छन् ।

    यद्यपि उनीहरूलाई ५०-१०० डलर बिदेशिएर के नै फरक पर्छ र भन्ने लाग्न सक्छ तर एक उम्मेदवारले ५० डलर मात्रै यसरी खर्च गरे पनि कुल ८२ हजार २१० उम्मेदवारमार्फत करोडौं डलर बिदेशीले तर्फ उम्मेदवार सचेत हुन जरुरी छ ।


    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।