Logo

२०८३, आश्विन १०गते


images
images

राजनीति

प्रधानमन्त्री शाहलाई चन्द्र भण्डारीको आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्

प्रधानमन्त्री शाहलाई चन्द्र भण्डारीको आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्

images
  • प्रधानमन्त्री शाहलाई चन्द्र भण्डारीको आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
    images
    images

    काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपाल-भारत सीमा सम्बन्धी विषयमा सरकारको स्पष्ट धारणा माग गर्दै सीमा मिचिएको भन्ने दाबीको आधार सार्वजनिक गर्न आग्रह गरेका छन् ।

    images
    images
    images

    उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै नेपालले कुनै पनि छिमेकी मुलुकको सार्वभौमिकताको सम्मान गर्ने नीति लिएको र आफैंले कसैको भूमि मिच्ने काम नगरेको स्पष्ट पारेका छन् । बरु, नेपालको आफ्नै भूमि र राष्ट्रिय सीमाको संरक्षण तथा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ।

    images
    images
    images

    उनले भनेका छन्- 'नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार, स्रोत वा प्रमाण के हो ? यदि सरकारसँग त्यस्तो कुनै आधिकारिक तथ्य, नक्सा, सन्धि वा दस्तावेज छ भने सार्वजनिक गर्न आग्रह गर्दछु ।'

    images
    images
    images

    भण्डारीले सीमा सम्बन्धी विषयमा दीर्घकालीन राष्ट्रिय नीति बनाउन, कूटनीतिक पहललाई बलियो बनाउन र सबै नेपालीबीच एकै किसिमको धारणा विकास गर्न आवश्यक रहेको बताएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।