कृष्ण अन्जान, सन्धिखर्क । नेपाल क्वानमुकान कराते डाे सँघ तथा मन्टेश्वरि एसाेसिएसन नेपालकाे सँयुक्त आयाेजनामा नेपाल इन्टर प्रि स्कुल स्पाेर्टसकाे दुईदिवसिय खेल उत्सव अर्घाँखाचिकाे सदरमुकाम सन्धिखर्कमा सम्पन्न भएकाे छ ।
स्थानिय अर्घाखाँचि आवासिय माध्यमिक विध्यालय मा आयाेजित खेलमा पाँचवटा विध्यालयका साठी जना बालबालिकाले भाग लिएका थिए ।
खेल शान्तिका लागि र खेल सबैका लागि भन्ने नाराका का साथ आयाेजित खेल उत्सवकाे प्रमुख आतिथ्यता जिल्ला खेलकुद विकास समिति अर्घाखाँचिका अध्यक्ष भाेज बहादुर गन्दर्भ र विशेष आतिथ्यता अर्घाखाँचि आवासीय माध्यमिक विध्यालयका प्राचार्य चाेपनारायण बन्जाडेले गर्नु भएकाे थियाे ।
स्वस्थ्य र शान्त जीवनका लागि खेलमा आकर्षित गर्न खेलकुदकाे आयाेजना गरिएकाे र जित हार भन्दा पनि खेलकुदले सबैलाई जाेड्न सकियाेस भन्ने उद्देश्यले याे खेलकुद उत्सवकाे आयाेजना गरिएकाे नेपाल क्वान्मुकान कराँते दाे अर्घाखाँचिका अध्यक्ष गम्भीर श्रेष्ठले बताउनु भयाे ।
नेपाल क्वानुमान कराटे दाे अन्तराष्ट्रिय सँस्था एसाेसिएसन फर ईन्टरनेशनल स्पाेर्टस फर अलमा स्वीकृत सँस्था हाे ।
प्रतियोगितामा सहभागी सम्पूर्ण बालबालिकाहरुलाई टिसर्ट मेडल तथा प्रमाण पत्र वितरण गरिएकाे थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology