Logo

२०८३, आश्विन १०गते


images
images

नवलपरासीमा ३ बजेसम्म ५२ प्रतिशत मत खस्यो, सबै पालिकाको मतगणना आजबाटै सुरु हुने

नवलपरासीमा ३ बजेसम्म ५२ प्रतिशत मत खस्यो, सबै पालिकाको मतगणना आजबाटै सुरु हुने

images
  • नवलपरासीमा ३ बजेसम्म ५२ प्रतिशत मत खस्यो, सबै पालिकाको मतगणना आजबाटै सुरु हुने
    images
    images

    जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासीका ३ नगरपालिका र ४ गाउँपालिका सहित सातवटै स्थानिय तहहरुमा दिउसो ३ बजेसम्म ५२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिए ।

    images
    images
    images

    जिल्लामा रहेका २ लाख ३७ हजार १ सय २५ जना मतदाताहरुमध्ये सो समयसम्म १ लाख २४ हजार मत खसेको हो । 

    images
    images
    images

    सात स्थानीयतहका २ सय ८३ मतदानकेन्द्रमा  बिहानैदेखि शान्त वातावरणमा मतदान भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रेमबहादुर शाहीले जानकारी दिए । दक्षिण भारतसंग सिमा जोडिएका पाल्हीनन्दन, सरावल, प्रतापपुर र सुस्ता गाउँपालिकाका ५ वटा मतदान केन्द्रलाई अतिसंवेदनशिल, ६१ वटा मतदान केन्द्रलाई संवदनशिल मतदान केन्द्र छुट्ट्याएर विशेष सुरक्षा ब्यवस्थाका साथ मतदान प्रक्रिया चलिरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    images
    images
    images


    यस्तै साझ ५ बजे मतदान सकिएसङ्गै जिल्लाका सबै पालिकाको मतगणना आज साझबाटै सुरु गर्ने तयारी गरिएको छ । सुनवल नगरपालिकामा बालबिकाससको भवन, रामग्राम नगरपालिकामा आदर्श माध्यमिक बिद्यालय र अन्य पालिकामा पालिकाकै सभाहलमा मतगणनाको व्यवस्था मिलाइएको छ । ७ वटै पालिकाको मतगणना स्थलमा जालीको बार, सिसी क्यामेराहरुको व्यवस्था मिलाइएको छ भने सुरक्षाका लागि नेपाली सेना, शसस्त्र प्रहरी बल, नेपाल प्रहरी सहित म्यादी प्रहरीको तीन स्तरको सुरक्षा घेरा बनाइने छ । 

    मतगणना स्थलमा लगाईएका सिसी क्यामेराहरुबाट निर्वाचन कार्यालयको गतिविधी निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट समेत निगरानी गर्न सकिने ब्यवस्था मिलाइएको जिल्ला मुख्य निर्वाचन आयुक्त ध्रुबकुमार शाहले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।