Logo

२०८३, आश्विन १०गते


images
images

मतगणना स्थलमा दलका प्रतिनिधिले मतपत्र 'छुनलाई होइन, हेर्न चै पाउने !'

मतगणना स्थलमा दलका प्रतिनिधिले मतपत्र 'छुनलाई होइन, हेर्न चै पाउने !'

images
  • मतगणना स्थलमा दलका प्रतिनिधिले मतपत्र 'छुनलाई होइन, हेर्न चै पाउने !'
    images
    images

    काठमाडौं । मतगणनाका क्रममा विवाद भएपछि चितवनको भरतपुरका केही क्षेत्रमा वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा पुनः मतदान गर्नुपरेको थियो। जसका कारण निर्वाचन आयोगले यो पटक मतगणना स्थलमा रहेका दलका प्रतिनिधिहरूलाई मतगणना टोलीले नै मतपत्र देखाउनुपर्ने तर छुन वा समाउन नदिने व्यवस्था निर्वाचन निर्देशिकाले गरेको छ।

    images
    images
    images

    "निर्वाचन अधिकृत वा निजले खटाएको गणक कर्मचारीले मतगणना गर्दा उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई मतपत्र देखाउनुपर्नेछ। त्यस्तो मतपत्र कुनै पनि अवस्थामा निजलाई समाउन वा छुन दिनु हुँदैन," निर्देशिकामा भनिएको छ।

    images
    images
    images

    आयोगले यस पटक मतगणना स्थलमा सीसीटीभी क्यामरा र तारजालीको समेत व्यवस्था गरेको छ।

    images
    images
    images

    "जब निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन भइसक्छन्, तत्कालै राजनीतिक सहमति कायम गरेर मतगणना कार्य प्रारम्भ गर्ने व्यवस्था मिलाइएको छ," प्रमुख आयुक्त थपलियाले भने।

    प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बीबीसीसँग कुराकानीमा मतगणनाको नतिजा पाँच दिनभित्रै प्रकाशित भइसक्ने बताएको बिबिसी नेपाली सेवाले जनाएको छ।

    यसअघिको स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकाको मतगणना सम्पन्न गर्न दुई सातासम्म लागेको थियो।

    अघिल्लो स्थानीय तह निर्वाचनमा काठमाण्डू महानगरपालिकामा २८ जनाले मेयर पदमा उम्मेदवारी दिएका थिए।

    यस पटकको निर्वाचनमा यो महानगरमा मेयरका उम्मेदवार मात्रै ५४ जना छन्।

    जम्मा ३५,२२१ पदका लागि हुने स्थानीय तह निर्वाचनमा १,४५,०११ उम्मेदवार प्रतिस्पर्धामा छन्।

    तीमध्ये ३९० जना निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।