दीपक बोहरा, दाङ । दाङमा २७ बर्षीय युवाले वडाध्यक्षमा विजयी हाँसिल गरेका छन् । शान्तिनगर गाउँपालिका वडा नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सुनिल वलीले विजयी हाँसिल गरेका हुन् ।
उनले ६२९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका ठाकुर प्रसाद केसीले ५९७ मत प्राप्त गरेका थिए । उनीहरुबीचको मतान्तर ३२ रहेको छ । त्यस्तै काँग्रेसका उम्मेदवार टोपेन्द्र कुमारी खड्काले ३५१, एमालेका उम्मेदवार पूर्णबहादुर वलीले ३३४ मत प्राप्त गरेका थिए ।
वडाध्यक्ष विजयी भएका वली काँग्रेस निकट थिए । तर, उनले युवाहरु राजनीतिमा आउनु पर्ने भन्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन् । उनले शाषक नभई सेवक बनेर सेवा गर्ने अठोटका साथ उम्मेदवारी दिएको भन्दै सोही अनुसार काम गर्ने बताए । उनी‘भ्रष्टाचार, बेथिति र बढ्दो महंगी नियन्त्रण–शान्तिनगरको विकास, हाम्रो अभियान’ नारा लिएर चुनाबी मैदानमा होमिएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology