Logo

२०८३, आश्विन १०गते


images
images

सम्झौता उल्लङ्घनको आरोप लगाउदै इरानको होर्मुज बन्द गर्ने घोषणा

सम्झौता उल्लङ्घनको आरोप लगाउदै इरानको होर्मुज बन्द गर्ने घोषणा

images
  • सम्झौता उल्लङ्घनको आरोप लगाउदै इरानको होर्मुज बन्द गर्ने घोषणा
    images
    images

    काठमाडौँ । इरानले फेरि एकपटक होर्मुज जलडमरूमध्य बन्द गर्ने घोषणा गरेको छ ।

    images
    images
    images

    इरानी सरकारी सञ्चारमाध्यमका अनुसार देशको संयुक्त उच्च सैन्य कमान्डले सरकारी टेलिभिजनमार्फत उक्त घोषणा गरेको हो ।

    images
    images
    images

    खातम अल अन्बिया केन्द्रीय मुख्यालयले अमेरिका शान्ति सम्झौताको पहिलो सर्त कार्यान्वयन गर्न असफल भएको आरोप लगाएको छ । साथै, इजरायलले दक्षिणी लेबनानमा युद्धविराम सम्झौताको निरन्तर उल्लङ्घन गरिरहेको पनि इरानको दाबी छ ।

    images
    images
    images

    यही अवस्थाको जवाफस्वरूप इरानले अब होर्मुज जलडमरूमध्यमार्फत हुने जहाजहरूको आवतजावत बन्द गरिने घोषणा गरेको जनाएको छ ।

    होर्मुज जलडमरूमध्य विश्वव्यापी तेल र प्राकृतिक ग्यास व्यापारका लागि अत्यन्तै महत्त्वपूर्ण समुद्री मार्ग मानिन्छ । खाडी क्षेत्रका धेरै देशबाट हुने ठूलो परिमाणको ऊर्जा निर्यात यही मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ ।

    त्यसैले इरानको यो निर्णयले अन्तर्राष्ट्रिय तेल बजार, ऊर्जा आपूर्ति प्रणाली तथा विश्व व्यापारमा व्यापक प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # अमेरीका इरान युद्ध
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।