झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको कचनकवल गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई हराउन नेपाली कांग्रेस र एमालेले गठबन्धन गरे पछि अघिल्लो पटक राप्रपाले जितेक उक्त गाउँपालिकामा यसपटक कांग्रेसका कालेन्द्र राजवंशी विजयी भएका छन् । उपाध्यक्षमा एमालेका नवराज भट्टराई निर्वाचित भएका छन् ।
राजवंशीले राप्रपाका अन्जरा आलमलाई पराजित गरे । राजवंशीले ११ हजार ४७७ मत ल्याउँदा आलमले ६ हजार ६६७ मत पाए । उपाध्यक्षमा एमालेका नवराज भट्टराईले ८ हजार १४३ मत पाए भने राप्रपाका निमसरी राजवंशीले ६ हजार ८०१ मत पाइन् ।
गाउँपालिकाका ७ मध्ये ६ वटा वडामा कांग्रेस विजयी भएको छ । बाँकी एक वडामा एमाले विजयी भएको छ ।
राप्रपालाई हराउन कचनकवलमा कांग्रेस र एमालेले तालमेल गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology