Logo

२०८३, आश्विन ९गते


images
images

समाचार

औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड भाडा बक्यौता उठ्यो, नतिर्ने उद्योगको काटियो विद्युत

औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड भाडा बक्यौता उठ्यो, नतिर्ने उद्योगको काटियो विद्युत

images
  • औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड भाडा बक्यौता उठ्यो, नतिर्ने उद्योगको काटियो विद्युत
    images
    images

    काठमाडौँ । औद्योगिक क्षेत्रको झन्डै साढे ४२ करोड रुपैयाँ भाडा बक्यौता दुई साताभित्रै असुल भएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले हालसम्म ४२ करोड ५४ लाख ३८ हजार रुपैयाँ बक्यौता रकम संकलन भएको जनाएको छ।

    images
    images
    images

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक पदम ओलीका अनुसार वि.सं. २०४५ सालदेखि नै  केहि उद्योगहरुले भाडा तिर्न बाँकी राखेका थिए । केहि दिन अगाडी करिब ६३५ उद्योग तथा कार्यालयलाई भाडा तिर्न सार्वजनिक सुचना प्रकशित  गरिएसंगै अधिकांशले धमाधम बक्यौता चुक्ता गरेका छन् ।

    images
    images
    images

    तोकिएको समयभित्र भाडा भुक्तानी नगर्ने उद्योगहरूको विद्युत लाइन काट्न मन्त्रालयले निर्देशन दिएसँगै लिमिटेडले सुरुमै झन्डै २ सय बढी उघोगको लाइन काटिएको थियो । ति उद्योगहरुके धमाधम भाडा तिरेपछि लाइन जोडिएको छ । अझै भाडा तिर्न बाँकी रहेका ४५ वटा कम्पनीहरूको विद्युत लाइन काटिएको महाप्रबन्धक ओलीले जानकारी दिए ।

    images
    images
    images

    बक्यौता राख्ने उद्योगहरूमध्ये कन्टिनेन्टल कम्पोनेन्ट एन्ड सर्भिसेज प्रा.लि.को करिब ३ करोड ६९ लाख र सोही सञ्चालकको अर्को कम्पनी कन्टिनेन्टल सर्भिसेज प्रा.लि.को करिब १ करोड रुपैयाँ भाडा उठ्न बाँकी रहेको छ । हाल यी दुवै उद्योगको समेत विद्युत लाइन काट्ने प्रक्रिया अघि बढाइएको लिमिटेडले जनाएको छ । भाडा तिर्न आनाकानी देखि बाहिया दबाबका  बाबजुद मन्त्री गौरिकुमारी यादबको स्पष्ट निर्देशनका कारण छोटो समयमै उल्लेखित बक्यौता उठाउन सकिएको लिमिटेडका महाप्रबन्धक ओलीले बताए ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।