Logo

२०८३, आश्विन १०गते


images
images

फिफा विश्वकप

विश्वकपको नकआउट चरणमा फ्रान्सलाई स्विडेनको चुनौती

विश्वकपको नकआउट चरणमा फ्रान्सलाई स्विडेनको चुनौती

images
  • विश्वकपको नकआउट चरणमा फ्रान्सलाई स्विडेनको चुनौती
    images
    images

    काठमाडौँ । जारी फिफा विश्वकप फुटबलको अन्तिम ३२ अन्तर्गत भोली बिहान फ्रान्सले स्विडेनको चुनौती सामना गर्दैछ ।  न्यूजर्सी स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार भोली बिहान २: ४५ बजेदेखि शुरु हुदैछ ।

    images
    images
    images

    यस खेलको विजेताले अन्तिम १६ मा पाराग्वेको सामना गर्ने छ । फ्रान्स यसपटक उत्कृष्ट लयसहित नकआउट चरणमा पुगेको छ । प्रशिक्षक डिडिएर डेसचाम्प्सको टोलीले समूह ‘आई’ का सबै तीन खेल जित्दै शतप्रतिशत नतिजासहित शीर्ष स्थान हासिल गर्‍यो । सेनेगल, इराक र नर्वेलाई पराजित गरेको फ्रान्सले सन् १९९८ पछि पहिलो पटक विश्वकपको समूह चरणका सबै खेल जित्ने उपलब्धि हासिल गरेको हो ।

    images
    images
    images

    सन् १९९८ मा कप्तानका रूपमा फ्रान्सलाई विश्वविजेता बनाएका डेसचाम्प्स अहिले प्रशिक्षकका रूपमा अर्को सफलताको खोजीमा छन् । फ्रान्सले पछिल्ला चार विश्वकप खेलमा प्रत्येकमा कम्तीमा तीन गोल गरेको छ । यदि स्विडेनविरुद्ध पनि तीन वा सोभन्दा बढी गोल गर्न सफल भए विश्वकप इतिहासमै लगातार पाँच खेलमा तीन-तीन गोल गर्ने पहिलो टोली बन्नेछ ।

    images
    images
    images

    आक्रमणमा कप्तान किलियन एमबाप्पे र उस्मान डेम्बेले फ्रान्सका मुख्य हतियार बनेका छन् । दुवैले प्रतियोगितामा समान चार-चार गोल गरेका छन् । नर्वेविरुद्धको ४-१ को जितमा डेम्बेलेले ह्याट्रिक पूरा गर्दै टोलीलाई समूह विजेता बनाएका थिए ।

    एमबाप्पे र डेम्बेलेबीचको तालमेल पनि प्रभावशाली देखिएको छ । विश्वकपमा उनीहरूले एकअर्काका लागि पाँच गोल सिर्जना गरिसकेका छन्, जुन सन् १९६६ यताकै संयुक्त रूपमा सबैभन्दा धेरै हो । स्विडेनविरुद्ध पनि उनीहरूले नयाँ कीर्तिमान बनाउने अवसर पाउनेछन् ।

    माइकल ओलिसे र डेजिरे डुएजस्ता युवा खेलाडीको साथले फ्रान्सको आक्रमण झनै सशक्त बनेको छ । सन् १९९८ यता फ्रान्सले विश्वकपका १८ नकआउट खेलमध्ये १५ मा जित हात पारेको छ । यस अवधिमा उसले सन् २००६, २०१४ र २०२२ मा मात्र नकआउट चरणबाट बाहिरिनुपरेको थियो ।

    यता, प्रशिक्षक ग्राहम पोटरको नेतृत्वमा रहेको स्विडेन समूह ‘एफ’ मा नेदरल्यान्ड्स र जापानपछि तेस्रो स्थानमा रहँदै नकआउट चरणमा पुगेको हो । टोलीलाई कमजोर आँकिए पनि आक्रमणमा उसले राम्रो प्रदर्शन गरेको छ । भिक्टर ग्योकेरेसले समूह चरणमा सबैभन्दा धेरै ११ प्रहार गरेका थिए भने आठ अवसर सिर्जना गरेका थिए । यासिन आयारीले दुई गोल गरेका छन् भने एन्थोनी एलाङ्गा पछिल्ला दुई खेलमा लगातार गोल गर्दै लयमा छन्। यदि उनले फ्रान्सविरुद्ध पनि गोल गरे लगातार तीन विश्वकप खेलमा गोल गर्ने दुर्लभ स्विडिस खेलाडीको सूचीमा नाम लेखाउनेछन् । स्विडेनले यस संस्करणको समूह चरणमा सात गोल गरेको छ, जुन विश्वकपको समूह चरणमा उसको अहिलेसम्मकै उत्कृष्ट गोल संख्या हो। त्यसैले फ्रान्सले स्विडेनको आक्रमणलाई हल्का रूपमा लिन सक्ने अवस्था छैन । विश्वकप नकआउट चरणमा स्विडेनको यो आठौं सहभागिता हो। यसअघिका सात अवसरमध्ये पहिलो नकआउट खेलमा उसले केवल दुई पटक मात्र हार बेहोरेको थियो, जसले टोलीको प्रतिस्पर्धात्मक क्षमता देखाउँछ ।

    फ्रान्स र स्विडेनबीच सबै प्रतियोगिता गरी यो २४औँ भेट हुनेछ । अहिलेसम्म फ्रान्सले १२ खेल जितेको छ भने स्विडेनले ६ खेल आफ्नो पक्षमा पारेको छ । पाँच खेल बराबरीमा टुंगिएका छन् । यद्यपि, विश्वकपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुन लागेका हुन् । यसअघि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा उनीहरूको दुई भेट भएको थियो। सन् १९९२ को युरोपियन च्याम्पियनसिपमा खेल १-१ को बराबरीमा सकिएको थियो भने सन् २०१२ मा स्विडेनले फ्रान्सलाई २-० ले हराएको थियो ।

    तथ्यांक फ्रान्सको पक्षमा देखिए पनि स्विडेनले यसपटक अप्रत्याशित नतिजा निकाल्ने लक्ष्य राखेको छ । लगातार उत्कृष्ट प्रदर्शन गरिरहेको फ्रान्स भने अन्तिम १६ मा स्थान सुरक्षित गर्दै अर्को कीर्तिमान थप्ने लक्ष्यसहित मैदान उत्रनेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।