रमेश बहादुर सिह, बझाङ । बझाङ जिल्लाका नव निर्बाचित १२ पालिकाका जनप्रतिनिधीहरुले पद तथा गोपनियतको सपथ ग्रहण लिएका छन । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्बाचित १२ पालिकाका प्रमुखले जिल्ला सदरमुकाम चैनपुर मा मुख्य निर्बाचन अधिकृतद्धारा उनिहरुले सपथ लिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बझाडले जनाएको छ अन्य उप प्रमुख तथा वडा अध्यक्ष को सम्बन्धित पालिकाको प्रमुख दारा सपथ लिएका छन । जयपृथ्वी नगरपालिका, बुगल नगरपालिका, साईपाल गाउँपालिका, खप्तड छाना गाउँपालिका, मस्टा गाउँपालिका तलकोट गाउँपालिका छबिशपाथिभेरा गाउँपालिकाका दुर्गाथलि गाउपालिका, केदारस्यु गाउपालिका र बिथडचिर गाउपालिका, सुर्मा गाउपालिका र थलारा गाउपालिका का जनप्रतिनिधीहरुले सपथ दिएको मुख्य निर्बाचन अधिकृतको कार्यालय बझाडले जनाएको छ ।
बझाडमा निर्वाचन सम्पन्न भएका १२पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई सपथ ग्रहण गराईएकाे छ । सदरमुकाम चैनपुरमा शुक्रबार १२ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूलाई मुख्य निर्वाचन अधिकृत माननिय बिस्नु प्रसाद अबस्थिले सपथ ग्रहण गराएका हुन् ।
बझाडका १२ वटा पालिका सबै पालिकामा जनप्रतिनिधि निर्वाचित भईसकेका छन् । जसमध्ये साईपाल गाउपालिकामा एमाले, जयपृथ्वी नगरपालिका नेपाली काँग्रेस, र तलकोट गाउपालिकामा एमाले, मस्टा गाउपालिमा नेपाली काग्रेश, सुर्मा गाउपालिकामा कांग्रेस र थलारा गाउँपालिकामा एमाले, बुगल नगरपालिकामा नेपाली काग्रेश ,छबिशपाथिभेरा गाउपालिकामा माओबादी,केदारस्यु गाउपालिका एकृकित समाजबादी,दुर्गाथलि गाउपालिका माओबादी र बिथडचिर गाउपालिकामा नेपाली काग्रेशले नेतृत्व गरेकाे छ ।
त्यसैगरी सदरमुकाम समेत रहेको जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज बजाल र उप प्रमुख रतन बहादुर सिह र वडाअध्यक्षहरुले भदभार समेत समाली सकेका छन । बाह् स्थानीय तह रहेकाे बझाङमा जिल्लामा सबै पालिकाहरुमा आज सपथ तथा पदभार समालि सकेका छन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology