Logo

२०८३, आश्विन १०गते


images
images

फिफा विश्वकप

इक्वेडरलाई हराउदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

इक्वेडरलाई हराउदै मेक्सिको विश्वकपको अन्तिम १६ मा

images
  • इक्वेडरलाई हराउदै मेक्सिको विश्वकपको अन्तिम १६ मा
    images
    images

    काठमाडौं । इक्वेडरलाई २-० गोल अन्तरले पराजित गर्दै मेक्सिको जारी फिफा विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ । अब मेक्सिकोले इङ्ग्ल्यान्ड र कंगो लोकतान्त्रिक गणतन्त्रबीचको विजेतासँग खेल्ने छ ।

    images
    images
    images

    घरेलु समर्थकहरूको उत्साहजनक साथ पाएको मेक्सिकोले पहिलो हाफमै उत्कृष्ट प्रदर्शन गर्दै खेल आफ्नो पक्षमा पारेको थियो । खेलको पहिलो गोल खेलको २२औं मिनेटमा जुलियन किनोनेसले तीव्र प्रतिआक्रमणका क्रममा गरेका थिए । त्यसको नौ मिनेटपछि खेलको ३१औं मिनेटमा राउल हिमेनेजले सशक्त प्रहारमार्फत दोस्रो गोल थप्दै मेक्सिकोलाई बलियो अवस्थामा पुर्‍याएका थिए ।

    images
    images
    images

    दोस्रो हाफमा मेक्सिकोले रक्षात्मक रणनीति अपनाउँदै इक्वेडरको लगातार दबाब सामना गर्‍यो । विपक्षी टोलीले गोल फर्काउने प्रयास गरे पनि मेक्सिकन रक्षापङ्क्ति र गोलरक्षकले कुनै अवसर सफल हुन दिएनन् ।

    images
    images
    images

    यो जितसँगै मेक्सिकोले विश्वकपको नकआउट चरणमा लगातार नौ प्रयासपछि पहिलो जित दर्ता गरेको छ । अब टोलीले क्वार्टरफाइनल प्रवेशका लागि इङ्ग्ल्यान्ड र कंगो लोकतान्त्रिक गणतन्त्रबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विश्वकप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।