Logo

२०८३, आश्विन ११गते


images
images

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको क्यालेण्डर बिमोचन

लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको क्यालेण्डर बिमोचन

images
  • लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायीको क्यालेण्डर बिमोचन
    images
    images

    बुटवल । लुम्बिनी स्वतन्त्र सिलाई व्यवसायी संघ रुपन्देहीको प्रथम बैठक तथा २०७९ सालको क्यालेण्डर बिमोचन कार्यक्रम बुटवलमा शनिबार सम्पन्न भएको छ । संघको यही बैशाख १० गते सम्पन्न ७ औं साधारणसभा तथा दोस्रो अधिवेशनबाट कमल छिनालको अध्यक्षतामा भएको निर्वाचित समितिको प्रथम बैठक तथा क्यालेण्डर बिमोचन  सम्पन्न गरिएको हो । 

    images
    images
    images

    संघका अध्यक्ष कमल छिनालको अध्यक्षतामा भएको कार्यक्रममा  निवर्तमान अध्यक्ष प्रताप परियारको प्रमुख आतिथ्यता रहेको थियो । 

    images
    images
    images

    प्रमुख अतिथि परियारले संघमा आवद्ध सदस्यहरुको व्यवसायिक हितका लागि आफू निरन्तर लाग्ने बताए । उनले सिलाई  व्यवसायीहरुको हितमा आफु सधै प्रतिबद्ध रहेको र व्यवसायीको  दक्षता र क्षमता अभिवृद्धिका लागि नयाँ टिम अघि  बढ्ने बताए । 

    images
    images
    images

    कार्यक्रममा संघले ५ जना सदस्यहरुलाई मनोनित गरेको छ । जसमा निर्मला विक, रामु बुढाप्रिती, टेक बहादुर परियार, अशोक दर्जी र  रेल बहादुर परियार रहेका छन् । 

    यो संगै संघमा २३ सदस्यीय नयाँ नेतृत्वले पूर्णता पाएको छ । 

    त्यस्तैगरी संघले प्रेस सल्लाहकारमा कृष्ण रणपाललाई चयन गरेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।