Logo

२०८३, श्रावण २७गते


images
images

भेनेजुएला भूकम्प

भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार ५९५ पुग्यो

भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार ५९५ पुग्यो

images
  • भेनेजुएलाको भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार ५९५ पुग्यो
    images
    images

    काराकास । भेनेजुएलामा एक साताअघि गएका शक्तिशाली दुई भूकम्पमा ज्यान गुमाउनेको संख्या दुई हजार ५९५ पुगेको छ। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अघिल्लो दिनको तुलनामा मृतक संख्या तीन सयले बढेको जानकारी दिँदै खोज तथा उद्धार अभियान अझै जारी रहेको बताइन् ।

    images
    images
    images

    रोड्रिगेजले सरकारको खोज तथा उद्धार अभियान अझै नसकिएको स्पष्ट पारेकी छन् ।

    images
    images
    images

    उनका अनुसार भूकम्पमा हालसम्म १२ हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् । उनले अझै कति जना बेपत्ता छन् भन्ने खुलाइनन् । यद्यपि, व्यापक रूपमा सार्वजनिक गरिएको एक अनौपचारिक सूचीअनुसार करिब ३८ हजार पाँच सय जना अझै सम्पर्कविहीन छन् । भूकम्पलगत्तै यो संख्या झन्डै ६० हजार पुगेको थियो ।

    images
    images
    images

    गत बुधबार ७.२ म्याग्निच्युडको भूकम्प गएको केही सेकेन्डपछि ७.५ म्याग्निच्युडको मुख्य भूकम्प गएको थियो । सन् १९०० यताकै सबैभन्दा शक्तिशाली मानिएको उक्त भूकम्पले राजधानी काराकास र सबैभन्दा बढी प्रभावित तटीय राज्य ला ग्वाइरामा व्यापक क्षति पुर्‍याएको छ । राजधानीको मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वार सिमोन बोलिभार अन्तर्राष्ट्रिय विमानस्थल पनि गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । रोड्रिगेजका अनुसार ला ग्वाइराका अधिकांश सरकारी अधिकारीको पनि भूकम्पमा ज्यान गएको छ ।

    सरकारी तथ्यांकअनुसार करिब आठ सय भवन भत्किएका छन्, जसमध्ये १८९ भवन पूर्ण रूपमा ध्वस्त भएका छन् । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था र ओरेगन राज्य विश्वविद्यालयका अनुसन्धानकर्ताले सार्वजनिक गरेको प्रारम्भिक उपग्रह विश्लेषणले करिब ५८ हजार ८७० भवन क्षतिग्रस्त वा पूर्ण रूपमा ध्वस्त भएको अनुमान गरेको थियो ।

    संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले भौतिक पूर्वाधारमा करिब छ अर्ब ७० करोड अमेरिकी डलर बराबरको प्रत्यक्ष क्षति भएको अनुमान गरेको छ, जुन भेनेजुएलाको कुल गार्हस्थ्य उत्पादनको करिब ६ प्रतिशत बराबर हो । जोखिम मूल्याङ्कन गर्ने संस्था भेरिस्कले भने कुल आर्थिक क्षति १० अर्ब अमेरिकी डलरभन्दा बढी हुने आकलन गरेको छ ।

    सरकारका अनुसार भूकम्पका कारण तेल निर्यातमा सामान्य ढिलाइ भए पनि निर्यात गतिविधि अधिकांश रूपमा नियमित रहेको छ । सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये पर्ने कातिया ला मारस्थित सरकारी इन्धन भण्डारण केन्द्रको क्षतिको पनि प्राविधिक परीक्षण भइरहेको जनाइएको छ ।

    मिडिया रिपोर्टका अनुसार अमेरिकाले पछिल्ला केही वर्षयताकै ठूलो विपद् सहायता अभियान सञ्चालन गर्दै नौ सयभन्दा बढी उद्धारकर्मीसहित चारवटा खोज तथा उद्धार टोली भेनेजुएलामा परिचालन गरेको छ । साथै प्युर्टो रिको र कुरासाओमा करिब आठ सय थप उद्धारकर्मी तयारी अवस्थामा राखिएको छ । अमेरिकी प्रशासनले १५ करोड अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएको छ। संयुक्त राष्ट्रसंघको समन्वयमा ब्राजिल, मेक्सिको, क्यानडा, क्युबा र स्विट्जरल्यान्डलगायत विभिन्न देशले पनि राहत तथा उद्धारमा सहयोग गरिरहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भेनेजुएला
  • # भूकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।