Logo

२०८३, आश्विन १०गते


images
images

नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने

नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने

images
  • नयाँ प्रणाली लागू गर्न राहदानी सेवा केही दिन बन्द हुने
    images
    images

    काठमाडौँ । राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी सेवा सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । नयाँ प्रणालीमा रूपान्तरण गर्ने क्रममा केही दिन राहदानी सेवा अस्थायी रूपमा बन्द हुने विभागले जनाएको हो ।

    images
    images
    images

    विभागका अनुसार हाल प्रयोगमा रहेको प्रणालीलाई असार २९ गते नयाँ प्रणालीमा रूपान्तरण गरिनेछ । 

    images
    images
    images

    विभागले जारी गरेको सूचनाअनुसार जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म तीन दिन बन्द रहनेछ ।

    images
    images
    images

    त्यसैगरी, राहदानी विभागबाट प्रत्यक्ष प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनका लागि बन्द हुनेछ ।

    विभागका अनुसार असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा सञ्चालनमा आउनेछ । सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई पर्न जाने असुविधाप्रति विभागले क्षमायाचना गर्दै नयाँ प्रणाली कार्यान्वयनका क्रममा सहयोग र सहकार्य गरिदिन सबै सेवाग्राही तथा सरोकारवालासँग अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राहदानी विभाग
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।