Logo

२०८३, आश्विन ११गते


images
images

शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न नगरपालिकाको निर्देशन

शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न नगरपालिकाको निर्देशन

images
  • शिक्षक र कर्मचारीलाई ७ दिनभित्र दलको आबद्धता त्याग्न नगरपालिकाको निर्देशन
    images
    images

    बर्दिया । राजापुर नगरपालिकाको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई सात दिनभित्र राजीनामा दिन निर्देशन दिएको छ ।

    images
    images
    images

    विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ ।
    मंगलबार राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो । नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को(६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताए । ‘उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन जारी गरेका छौँ,’उनले भने‘कसैले पालिकाको नियम अटेर गरे कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्नेछौँ ।’

    images
    images
    images

    चौधरी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई माओवादी केन्द्रबाट राजापुरको मेयरमा निर्वाचित भएका हुन् । शिक्षा क्षेत्रमा सुधारलाई पहिलो प्राथमिकतामा राख्दै राजनीतिबाट टाढा राख्ने निर्णय भएको उनले बताए । FB_IMG_1653474159707.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राजापुर नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।