अछाम । स्थानीय तहको निर्वाचन सम्पन्न भएर देशका अधिकांश स्थानीय तहले जनप्रतिनिधि पाइसकेका छन् भने केही पालिकामा मत गणना जारी रहेकाले जनप्रतिनिधिको टुंगो लाग्ने क्रम जारी छ। निर्वाचित भएर शपथ खाइसकेका जनप्रतिनिहरू भटाभट निर्णय गर्न थालिसकेका छन्।
यसैक्रममा अछामको तुर्माखाँद गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले भने कार्यकक्षमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पदभार ग्रणह गरेका छन्। यस्तो गर्ने जनप्रतिनिधि हुन् नवनिर्वाचित पालिका अध्यक्ष डम्बर बहादुर विसी। उनी नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन्। सामान्यता कार्यालयहरूमा राष्ट्रपति र प्रधानमन्त्रिको फोटो झुण्ड्याउने प्रचलन रहेपनि उनले आफ्नो कार्यकक्षमा एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्बिर झुण्ड्याएर जिम्मेवारी सम्हालेका छन्।
विसीले गाउँपालिका कार्यालयमा आफ्ना पार्टी अध्यक्षको फोटो झुन्ड्याएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ। सरकारी सेवासुविधा खाने जनप्रतिनिधि भएर गाउँपालिका कार्यालयमा आफ्नो पार्टी अध्यक्षको फोटो टाँसेर पार्टी कार्यालय बनाउन खोजेको भन्दै धेरैले आलोचना गरिरहेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology