बुटवल। नेपाल उत्पीडित जातिय मुक्ति समाज रुपन्देहीले बिबिध कार्यक्रम गर्दै जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउने भएको छ। समाजको आइतबार बसेको बैठकले कार्यक्रम भब्य रुपमा सम्पन्न गर्नका लागि जिम्मेवारी बाडफाड गरेको छ।
गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा विजय हासिल गरेका नेकपा एमाले तथा मुक्ति समाजमा संबद्द निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मानका लागि विभिन्न जिम्मेवारी दिइएको हो।
त्यसै गरि प्रमाण पत्र तथा माला व्यवस्थापनका लागि संगठनका सचिब हेम बहादुर विश्वकर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको छ। कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि समाजका जिल्ला सचिबालय सदस्य बिकाश गहतराजलाई प्रचारप्रसारको जिम्मेवारी दिईएको छ। खाद्य व्यवस्थापनका लागि जिल्ला सचिबालय सदस्य आसम बिकलाई जिम्मेवारी दिइएको छ।
बैठक नेकपा एमालेव प्रदेश कमिटि सदस्य तथा नेपाल उत्पीडित जातिय मुक्ति समाज केन्द्रिय कमिटिका सचिब कमलादेवी बिश्वकर्माको प्रमुख आतिथ्यता नेकपा एमाले रुपन्देही जिल्ला कमिटि सदस्य तथा संगठनका सह इन्चार्ज एम बि बिश्वकर्मा, नेकपा एमाले रुपन्देही जिल्ला कमिटि लेखा आयोगका सदस्य रेवन्त बिश्वकर्मा लगायतको उपस्थातिमा सम्पन्न भएको थियो।
बैठक मुक्ति समाज रुपन्देहीका अध्यक्ष दिपेन्द्र बहादुर बिश्वकर्मा र सचीव यम बहादुर बिश्वकर्माको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology