Logo

२०८३, कार्तिक २८गते


images
images

समाचार

डा. बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुदै

डा. बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुदै

images
  • डा. बाबुराम भट्टराईको स्वास्थ्यमा समस्या, ग्राण्डी अस्पतालमा उपचार हुदै
    images

    काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

    images
    images
    images

    मंगलबार साँझ अचानक तीव्र चक्कर लाग्नुका साथै वान्ता भएपछि उनलाई उपचारका लागि काठमाडौँको टोखास्थित ग्राण्डी अस्पतालमा भर्ना गरिएको उनको सचिवालयले जानकारी दिएको छ ।

    images
    images
    images

    उपचारमा संलग्न चिकित्सकहरूका अनुसार डा. भट्टराईमा भित्री कानसँग सम्बन्धित सामान्य तर असहज समस्या बेनाइन प्यारोक्सिज्मल पोजिसनल भर्टिगो (बीपीपीभी) को लक्षण देखिएको छ ।

    images
    images

    चिकित्सकहरूले आवश्यक स्वास्थ्य परीक्षण गरेकामा अन्य सबै परीक्षणको प्रतिवेदन सामान्य आएको जनाएका छन् । हाल उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको र चिकित्सकहरूको निगरानीमा उपचार जारी रहेको अस्पतालले जनाएको सचिवालयले उल्लेख गरेको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # डा बाबुराम भट्टराई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।