Logo

२०८३, कार्तिक २८गते


images
images

सिरहाको गोलबजार क्षेत्रमा दिनभर कर्फ्यू खुकुलो

सिरहाको गोलबजार क्षेत्रमा दिनभर कर्फ्यू खुकुलो

images
  • सिरहाको गोलबजार क्षेत्रमा दिनभर कर्फ्यू खुकुलो
    images

    काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा जारी कर्फ्यू आदेश आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्मका लागि खुकुलो पारिएको छ ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय सिरहाले सुरक्षा अवस्थाको विश्लेषणपछि साउन १७ गते बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यू खुकुलो पारिएको जनाएको हो ।

    images
    images
    images

    प्रशासनका अनुसार स्थानीय परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्यू अझ खुकुलो पार्ने वा पूर्ण रूपमा हटाउने विषयमा पुनः सूचना जारी गरिनेछ ।

    images
    images

    प्रशासनले गोलबजार क्षेत्र भएर सञ्चालन हुने लामो दूरीका सवारीसाधनको आवागमन सहज बनाउन सम्बन्धित निकायलाई आवश्यक सहजीकरण गर्न पनि आग्रह गरेको छ ।

    यस्तै, कर्फ्यू खुकुलो पारिएको अवधिमा पाँच जनाभन्दा बढी व्यक्ति समूह बनाएर भेला नहुन प्रशासनले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सिरहाको गोलबजार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।