Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेसको विभाजन रोक्न युवा नेताहरूको नयाँ अभियान घोषणा

कांग्रेसको विभाजन रोक्न युवा नेताहरूको नयाँ अभियान घोषणा

images
  • कांग्रेसको विभाजन रोक्न युवा नेताहरूको नयाँ अभियान घोषणा
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसभित्र सहकार्य र एकता सुदृढ गर्न पार्टीका युवा नेताहरूले नयाँ अभियानको घोषणा गरेका छन् ।

    images
    images
    images

    आइतबार आयोजित पत्रकार सम्मेलनमा ‘देश र कांग्रेस जोड्ने’ नाम दिइएको उक्त अभियान सभापति गगन थापा नेतृत्वको पक्ष र संस्थापन इतर समूहबीच संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने लक्ष्यका साथ सुरु गर्न लागिएको जनाइएको छ । नेता नैनसिंह महर, रञ्जित कर्णलगायतका युवा नेताहरुको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  

    images
    images
    images

    आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व सुनिश्चित हुने गरी भेलाको तयारी गरिएको छ । अभियानका अगुवाहरूले नेपाली काँग्रेसको संगठनात्मक कमजोरीले लोकतान्त्रिक प्रणाली समेत प्रभावित हुन सक्ने र त्यसबाट प्रतिगामी शक्तिलाई लाभ पुग्ने निष्कर्षका आधारमा एकताको पहल आवश्यक भएको बताएका छन् । 

    images
    images
    images

    उनीहरुले यो अभियान कुनै व्यक्ति, गुट वा पद केन्द्रित नभई पार्टीको संस्थागत सुदृढीकरण र लोकतान्त्रिक मूल्यको संरक्षणलाई केन्द्रमा राखेर अघि बढाइने स्पष्ट पारेका छन् । कार्यक्रमममा बोल्दै नेता नैनसिंह महरले पार्टीभित्र बढ्दो अविश्वास र आन्तरिक किचलोका कारण संगठन कमजोर भएको देखिएकाले अभियानले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा पुनर्जीवित गर्ने लक्ष्य राखेको बताए ।

    त्यसतै पार्टीका अर्का नेता तथा राष्ट्रिय सभा सदस्य रञ्जित कर्णले देश हाल गम्भीर चुनौतीबाट गुज्रिरहेको उल्लेख गर्दे सुनसरीबाट सुरू भएको साम्प्रदायिक तनाव मधेशका विभिन्न जिल्लासम्म फैलिएको, आर्थिक मन्दी, बेरोजगारी, युवा पलायन र सुशासनको संकटले जनजीवन कष्टकर बनेको बताए । उनले सरकार जनगुनासो सम्बोधन गर्न प्रभावकारी नभएको अवस्थामा मुख्य प्रतिपक्ष नेपाली कांग्रेस आफ्नै आन्तरिक विवादमा अल्झिनु लोकतन्त्रका लागि समेत चिन्ताको विषय भएको बताए । भेलाले पार्टी एकतालाई संस्थागत बनाउने, जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्ने र कार्ययोजना सार्वजनिक गर्ने नेताहरूले बताएका छन् ।

    काँग्रेसको संस्थापन इतर समुहले साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा राष्ट्रिय भेला गर्ने यसअघि नै निर्णय गरेपछि पार्टी विभाजनको संघारमा पुगेको छ । इतर समूहले डा. शशांक कोइरालाको संयोजकत्वमा राष्ट्रिय भेला आयोजक समिति गठन समेत गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।