Logo

२०८३, आश्विन १०गते


images
images

सुनसरी घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान सुरु

सुनसरी घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान सुरु

images
  • सुनसरी घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान सुरु
    images
    images

    विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको गोलीकाण्डको घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले औपचारिक अनुसन्धान सुरु गरेको छ । आयोगले घटनालाई स्वप्रेरणाबाट उजुरीका रूपमा दर्ता गर्दै घटनाको विस्तृत छानबिन अघि बढाएको हो ।

    images
    images
    images

    राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मनोज दुवाडी तथा आयोगको कोशी प्रदेश कार्यालयका कार्यालय प्रमुख वीरबहादुर बुढामगरसहितको उच्चस्तरीय टोलीले घटनास्थल पुगेर स्थलगत अनुगमन गरेको छ । टोलीले स्थानीय बासिन्दा, सरोकारवाला निकाय तथा सुरक्षा अधिकारीसँग घटनाबारे जानकारी लिएको जनाएको छ ।

    images
    images
    images

    आयोगको केन्द्रीय कार्यालय हरिहरभवनको निर्देशनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाइएको आयोगको कोशी प्रदेश कार्यालयले जनाएको छ। कार्यालयका निमित्त प्रमुख दयाराम पाठकले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई पत्राचार गर्दै घटनासम्बन्धी विस्तृत विवरण सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    images
    images
    images

    आयोगले घटनाको वास्तविक अवस्था, सुरक्षा निकायको भूमिकासहित मानव अधिकारको अवस्था मूल्याङ्कन गर्न स्थलगत अध्ययनसमेत जारी राखेको जनाएको छ।

    गत साउन १० गते राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समुदायबीच भएको झडप हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । उक्त घटनामा गोली लागेर दुई जनाको मृत्यु भएको थियो भने अन्य केही व्यक्ति घाइते भएका थिए। आयोगले घटनाका सबै पक्षको निष्पक्ष अनुसन्धान गरी तथ्यमा आधारित प्रतिवेदन तयार पार्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।