Logo

२०८३, आश्विन ९गते


images
images

अमेरिकी क्रिकेटरलाई आइसीसीको आठ वर्ष प्रतिबन्ध

अमेरिकी क्रिकेटरलाई आइसीसीको आठ वर्ष प्रतिबन्ध

images
  • अमेरिकी क्रिकेटरलाई आइसीसीको आठ वर्ष प्रतिबन्ध
    images
    images

    काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले भ्रष्टाचारसम्बन्धी आचारसंहिता उल्लङ्घन गरेको ठहर गर्दै अमेरिकाका क्रिकेटर बोडुगुम अखिलेश रेड्डीलाई आठ वर्षका लागि सबै प्रकारका क्रिकेट गतिविधिबाट प्रतिबन्ध लगाएको छ ।

    images
    images
    images

    परिषद्को भ्रष्टाचारसम्बन्धी न्यायाधिकरणले २६ वर्षीय रेड्डीलाई आचारसंहिताका तीनवटा प्रावधान उल्लङ्घन गरेको ठहर गरेको हो । उनीविरुद्ध सन् २०२५ मा संयुक्त अरब इमिरेट्समा भएको आबुधाबी टी-१० प्रतियोगितासँग सम्बन्धित आरोप लागेका थिए । उक्त प्रतियोगिताका लागि इमिरेट्स क्रिकेट बोर्डले अन्तर्राष्ट्रिय क्रिकेट परिषद्लाई भ्रष्टाचारसम्बन्धी तोकिएको निकायको जिम्मेवारी दिएको थियो ।

    images
    images
    images

    रेड्डीमाथिको प्रतिबन्ध २०२५ नोभेम्बर २१ देखि लागू हुने गरी गणना गरिएको छ । सोही दिनदेखि उनी अस्थायी रूपमा निलम्बनमा परेका थिए ।

    images
    images
    images

    न्यायाधिकरणले उनलाई खेलको नतिजा वा गतिविधिलाई अनुचित रूपमा प्रभावित पार्ने प्रयास गरेको, अन्य खेलाडीलाई त्यसमा संलग्न गराउन प्रयास गरेको तथा अनुसन्धानका क्रममा मोबाइल फोनबाट प्रमाण हुन सक्ने सन्देश र विवरण मेटाएर अनुसन्धानमा अवरोध पुर्‍याएको ठहर गरेको छ ।

    रेड्डीले अमेरिकाको राष्ट्रिय टोलीबाट चार वटा अन्तर्राष्ट्रिय टी-२० खेल खेलेका छन् । उनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट यात्राको सुरुआत उत्तर अमेरिका टी-२० प्रतियोगितामा केम्यान टापुविरुद्धको खेलबाट गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।