Logo

२०८३, आश्विन १०गते


images
images

विपद् व्यवस्थापनका लागि कांग्रेसले बनायो रणनीतिक परिचालन टोली

विपद् व्यवस्थापनका लागि कांग्रेसले बनायो रणनीतिक परिचालन टोली

images
  • विपद् व्यवस्थापनका लागि कांग्रेसले बनायो रणनीतिक परिचालन टोली
    images
    images

    काठमाडौं । नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि रणनीतिक परिचालन टोली (एसआरटी) गठन गरेको छ । साउन १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षणको समापनका अवसरमा टोली गठनको घोषणा गरिएको हो ।

    images
    images
    images

    उक्त टोलीमा प्रशिक्षणमा सहभागी ४० जना युवा समावेश गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

    images
    images
    images

    कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापन गर्दै प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति विश्वप्रकाश शर्माले तीन दिनको प्रशिक्षणलाई सुरुवातका रूपमा लिएर विपद्मा परेका नागरिकको जीवन बचाउने अभियानमा सक्रिय हुन सहभागीलाई आग्रह गरे ।

    images
    images
    images

    उनले यसअघि पहिरो र बाढीका घटनाका समाचार सुन्ने र हेर्ने अवस्थामा रहेका युवाहरू अब पीडितको उद्धार तथा पुनर्स्थापनामा खटिन सक्ने दक्ष जनशक्तिका रूपमा तयार भएको बताए ।

    शर्माले नेपाली कांग्रेसले देशभर यस्ता एक हजार दक्ष जनशक्ति तयार गर्ने लक्ष्य राखेको जानकारी दिए ।

    प्रशिक्षणमा संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय रेडक्रसमा काम गरिसकेका ११ जना विपद् विज्ञले प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरूमा पिताम्बर अर्याल, भोजराज घिमिरे, सुशील पण्डित, तिबेन्द्रराज बाँस्कोटा, रामप्रसाद भट्टराई, सुरेश पण्डित, भूपमणि दाहाल, कल्पना रावल, सौरभी निरौला र लक्ष्मण माली रहेका थिए ।

    कार्यक्रम संयोजक तथा प्रतिष्ठानका सदस्य एवं विपद् विज्ञ मानबहादुर थापाका अनुसार प्रशिक्षणमा विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै उद्धार तथा प्रतिकार्यका व्यावहारिक अभ्याससमेत गराइएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।