काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सँग छलफल गर्दै छन् ।
बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारका कार्यक्रमहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका, बैंकिङ क्षेत्रको वर्तमान अवस्था तथा वित्तीय बजारका समसामयिक विषयमा जानकारी लिन अर्थमन्त्री वाग्लेले सिइओहरूलाई छलफलका लागि बोलाएका हुन् ।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकले ‘क’ वर्गमा सूचीकृत २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहने जनाइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology