Logo

२०८३, आश्विन ९गते


images
images

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

आज संघीय संसदका पाँच समितिको बैठक बस्दै

images
  • आज संघीय संसदका पाँच समितिको बैठक बस्दै
    images
    images

    काठमाडौँ । आज संघीय संसदका पाँच समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज प्रतिनिधि सभाका अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ भने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठक बस्दैछ ।

    images
    images
    images

    आज बिहान ११ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा उपसमितिहरुबाट प्रतिवेदन पेश र छलफलको कार्यसूची रहेको छ । त्यसैगरी बिहान ११ बजेदेखि शुरु हुनेमहिला तथा सामाजिक मामिला समितिको बैठकमा मुस्लिम आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा आयोगका पदाधिकारीहरूसँग छलफलको कार्यसूची रहेको छ ।

    images
    images
    images

    त्यस्तै दिउसो १ बजेदेखि शुरु हुने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सेवा दल विधेयक, २०८३’ उपर सैद्धान्तिक छलफल र अख्तियार दुरूपयोग अनुसन्धान आयोग र कारागार कार्यालयहरूको स्थलगत अनुगमन प्रतिवेदन पेस गर्ने सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी बिहानको १० बजेदेखि शुरु हुने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको विद्यमान अवस्था, समसामयिक विषय, चुनौती र भावी कार्ययोजनाका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

    त्यसैगरी आज दिउसो साढे २ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन संयुक्त समितिको बैठकमा मुलुकको वर्तमान अवस्था र समसामयिक बिषयमा छलफलको कार्यसूची रहेको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # संघीय संसद् सचिवालय
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।