Logo

२०८३, श्रावण २७गते


images
images

वीरगञ्ज ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते

वीरगञ्ज ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते

images
  • वीरगञ्ज ग्यास ट्याङ्करले ई-रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते
    images
    images

    वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२४ बहुअरी चोकस्थित हुलाकी सडकखण्डमा ग्यास ट्याङ्करले ई–रिक्सालाई पछाडिबाट ठक्कर दिँदा ई–रिक्सामा सवार ९ जना घाइते भएका छन् ।

    images
    images
    images

    बुधबार राति करिब ८ बजे पावरहाउसबाट तिलावे पुलतर्फ जाँदै गरेको ना २ ह ६६८२ नम्बरको ई–रिक्सालाई सोही दिशाबाट आइरहेको आरजे १४ जिई ८७१० नम्बरको ग्यास ट्याङ्करले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ । 

    images
    images
    images

    दुर्घटनामा घाइते भएका ९ जनामध्ये ६ जनाको अवस्था गम्भीर र ३ जनाको अवस्था मध्यम रहेको छ । सबै घाइतेको उद्धार गरी वीरगञ्जस्थित नारायणी न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    प्रहरीले फरार भएका ग्यास ट्याङ्कर र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने चालक भारतको मुजफ्फरपुर जिल्लाको साहेबगञ्ज निवासी करिब ४८ वर्षीय धनेश्वर राय रहेको प्रहरीले जनाएको छ ।

    स्वास्थ्य परीक्षणका क्रममा चालकले मादक पदार्थ सेवन गरेको समेत पुष्टि भएको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।