Logo

२०८३, कार्तिक २८गते


images
images

सगरमाथा आवासीय माविमा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथा आवासीय माविमा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथा आवासीय माविमा शिक्षक–अभिभावक अन्तरक्रिया
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय, देवदह-७ शीतलनगरमा कक्षा ५ मा अध्ययनरत विद्यार्थीका अभिभावक र शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले शिक्षक र अभिभावकबीचको प्रभावकारी सहकार्यले विद्यार्थीको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । उनले शिक्षाको उद्देश्य केवल किताबी ज्ञान हासिल गर्नु मात्र नभई परिवार, समुदाय र राष्ट्रप्रति प्रेम, करुणा र जिम्मेवारीको भावना विकास गरी असल तथा उपकारी नागरिक तयार गर्नु पनि रहेको उल्लेख गरे ।

    images
    images
    images

    कार्यक्रममा अधिकांश अभिभावकले शिक्षालाई अझ बढी व्यावहारिक, सीपमूलक तथा जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिएका थिए ।

    images
    images

    सो अवसरमा कक्षा ५ का कक्षा शिक्षक काशीराम थापा, विशाल सोमरे, निमप्रसाद सापकोटा र दृष्टि अदैले विद्यार्थीहरूको समष्टिगत शैक्षिक तथा व्यवहारिक प्रगतिको विवरण प्रस्तुत गरेका थिए ।

    करिब ६० जना अभिभावकको सहभागिता रहेको कार्यक्रम विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलको अध्यक्षता तथा रस्सा के.सी.को सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।