Logo

२०८३, श्रावण २७गते


images
images

वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने सात जना पक्राउ

वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने सात जना पक्राउ

images
  • वीरगञ्जमा ट्याङ्करबाट तेल चोरी गरी बिक्री गर्ने सात जना पक्राउ
    images
    images

    वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकस्थित एक पेट्रोल पम्पमा पेट्रोलियम पदार्थ बोकेको ट्याङ्करबाट अनधिकृत रूपमा तेल चोरी गरी बिक्री वितरण गरिरहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    बिहीबार साँझ आईसीपीबाट जाँचपास गरी नेपाल प्रवेश गरेको ना ७ ख १५३९ नम्बरको ट्याङ्करबाट सिल उचालेर फलामको पाइपमार्फत तेल निकालिरहेको अवस्थामा उनीहरूलाई सौदागर आयल सेन्टरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    पक्राउ पर्नेमा पेट्रोल पम्पका सञ्चालक, लेखा कर्मचारी, क्यासियर तथा दुई ट्याङ्करका चालक र सहचालक गरी सात जना रहेका छन् ।

    images
    images
    images

    प्रहरीले घटनामा प्रयोग भएका ट्याङ्करसमेत नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # तेल चोरी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।