Logo

२०८३, आश्विन ९गते


images
images

थाइल्यान्डमा विद्यार्थीले हजुरबुबाआमाको हत्या गरी विद्यालयमा गोली चलाएको खुलासा

थाइल्यान्डमा विद्यार्थीले हजुरबुबाआमाको हत्या गरी विद्यालयमा गोली चलाएको खुलासा

images
  • थाइल्यान्डमा विद्यार्थीले हजुरबुबाआमाको हत्या गरी विद्यालयमा गोली चलाएको खुलासा
    images
    images

    काठमाडौँ । थाइल्यान्डको राजधानी बैंककनजिकै नवौँ कक्षामा अध्ययनरत एक विद्यार्थीले आफ्ना हजुरबुबा र हजुरआमाको हत्या गरेपछि विद्यालय पुगेर अन्धाधुन्ध गोली चलाउँदा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच शिक्षक र तीन विद्यार्थी रहेका छन् । घटनामा १५ जना घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार घटना नोनथाबुरी प्रान्तस्थित देब्सिरिन नोनथाबुरी विद्यालयमा भएको हो । अनुसन्धानका क्रममा विद्यालय जानुअघि विद्यार्थीले आफ्नै घरमा हजुरबुबा र हजुरआमाको हत्या गरेको खुलेको छ । दुवै जनाको शव घरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गोली चलाउन प्रयोग गरिएको ९ मिलिमिटरको पेस्तोल विद्यार्थीका हजुरबुबाको रहेको प्रहरीले जनाएको छ । उनका हजुरबुबा पेसाले शिक्षक थिए ।

    images
    images
    images

    गोली प्रहारपछि विद्यार्थीसमेत गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    घटनापछि थाइल्यान्डका प्रधानमन्त्रीले दुःख व्यक्त गर्दै घाइतेको उपचार तथा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउन निर्देशन दिएका छन् ।

    प्रत्यक्षदर्शीका अनुसार गोली चलेको आवाज सुनेपछि विद्यार्थीहरू ज्यान जोगाउन कक्षाकोठाभित्र लुकेका थिए। केही समयपछि प्रहरीले ढोका ढकढक्याएर उनीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेको थियो ।

    गोली चलेपछि विद्यालय परिसरमा भागदौड र त्रासको अवस्था सिर्जना भएको थियो । विद्यालयबाहिर रहेका मानिसहरू एकअर्कालाई सम्हाल्दै गरेको देखिएको थियो ।

    थाइल्यान्डमा विद्यालय तथा सार्वजनिक स्थानमा गोली चलाइएका घटना यसअघि पनि हुँदै आएका छन् । यस्ता घटनापछि सरकारले हतियारको उपलब्धता तथा मानसिक स्वास्थ्यसँग सम्बन्धित विषयमा निगरानी बढाउने बताउँदै आएको छ। तर, समय–समयमा यस्ता घटना दोहोरिँदा विद्यालय तथा सार्वजनिक स्थानको सुरक्षामाथि प्रश्न उठ्दै आएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।