Logo

२०८३, श्रावण २७गते


images
images

एलपीजी ग्यास अभाव

एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी

images
  • एलपीजी ग्यास लुकाएर बिक्री गर्नेलाई कडा कारबाही गर्ने विभागको चेतावनी
    images
    images

    काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने एलपीजी ग्यास सहज रूपमा नपाएको, विक्रेता तथा डिपोले ग्यास लुकाएर आफू निकटका व्यक्ति, होटल तथा व्यवसायीलाई मात्र बिक्री गरेको र तोकिएको मूल्यभन्दा बढी रकम लिएको गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    images
    images
    images

    विभागले ग्यासजस्तो अत्यावश्यक वस्तु तोकिएको मूल्यमा सहज रूपमा पाउनु उपभोक्ताको अधिकार भएको जनाएको छ । ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने विक्रेता तथा डिपोमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ ।

    images
    images
    images

    यस्तो गैरकानुनी कार्य भएको थाहा पाएमा वा आफू ठगिएको महसुस भएमा नजिकको प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा विभागको निःशुल्क दूरभाष नम्बर ११३७ मा जानकारी गराउन विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

    images
    images
    images

    विभागले ७.१ किलोग्रामको सट्टा १४.२ किलोग्रामको एलपीजी ग्यास वितरण गर्दा केही समय देखिएको वितरणसम्बन्धी समस्या चाँडै समाधान हुने भन्दै उपभोक्तालाई नआत्तिन पनि आग्रह गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।