Logo

२०८३, श्रावण २७गते


images
images

ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ : मन्त्री यादव

ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ : मन्त्री यादव

images
  • ग्यासको वितरण समस्या केही दिनमै समाधान हुन्छ : मन्त्री यादव
    images
    images

    काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बजारमा देखिएको खाना पकाउने ग्यासको वितरण समस्या केही दिनमै समाधान हुने बताएकी छन् । 

    images
    images
    images

    प्रतिनिधिसभाको बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले अघिल्लो वर्षको तुलनामा पर्याप्त मात्रामा ग्यास आयात भइरहे पनि साउनदेखि पूरा सिलिन्डर वितरण सुरु भएपछि माग एकैपटक बढ्दा वितरणमा केही समस्या देखिएको बताइन् ।

    images
    images
    images

    उनले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक सञ्चय नगर्न आग्रह गरेकी छन् ।

    images
    images
    images

    उनका अनुसार समस्या समाधानका लागि नेपाल आयल निगम, ग्यास उद्योगी र सम्बन्धित निकायसँग समन्वय गरी आपूर्ति तथा वितरण प्रणाली सुधार भइरहेको छ । हाल देशभर ५८ वटा ग्यास उद्योग सञ्चालनमा रहेको, १० हजार १६६ मेट्रिक टन भण्डारण क्षमता रहेको र करिब १ करोड ७५ लाख सिलिन्डर बजारमा रहेको उनले जानकारी दिइन् ।

    मन्त्री यादवले साउन २० गते ३७ हजार १०० र साउन २१ गते ४० हजार ९५४ सिलिन्डर बजारमा पठाइएको बताइन् । ग्यास अभावसम्बन्धी गुनासो समाधान गर्न नेपाल आयल निगमले टोली परिचालन गरेको र साउन २१ गते मात्रै १६६ वटा गुनासो सम्बोधन गरिएको उनले जानकारी दिइन् ।

    उनले ग्यास सिलिन्डरको विवरण अनुगमनका लागि ट्र्याकिङ प्रणाली विकास भइरहेको तथा भारतबाट ग्यास आयात कोटा बढाउन पहल भइरहेको बताउदै ग्यास वितरणमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी महिला र वैकल्पिक सिलिन्डर नभएका उपभोक्तालाई प्राथमिकता दिन निर्देशन दिइएको जानकारी संसदमा गराएकी छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।