Logo

२०८३, श्रावण २७गते


images
images

किन बिर्सन गाह्रो हुन्छ पहिलो प्रेम ?

किन बिर्सन गाह्रो हुन्छ पहिलो प्रेम ?

images
  • किन बिर्सन गाह्रो हुन्छ पहिलो प्रेम ?
    images
    images

    काठमाडौँ । धेरै मानिसका लागि पहिलो प्रेम जीवनको सबैभन्दा अविस्मरणीय अनुभवमध्ये एक मानिन्छ । वर्षौं बितिसक्दा पनि पहिलो प्रेमसँग जोडिएका सम्झनाहरू किन ताजा रहन्छन् भन्ने विषयमा भएका मनोवैज्ञानिक अध्ययनहरूले यसको कारण मस्तिष्कको विकास, भावना र स्मरणशक्तिसँग जोडिएको देखाएका छन् ।

    images
    images
    images

    विशेषज्ञहरूका अनुसार अधिकांश मानिसले किशोरावस्थामा पहिलो प्रेमको अनुभव गर्छन् । यही उमेरमा मस्तिष्कको स्मरण क्षमता अत्यन्त सक्रिय हुने भएकाले त्यतिबेलाका घटनाहरू दीर्घकालसम्म सम्झनामा रहन्छन् । भावनात्मक रूपमा गहिरो प्रभाव पार्ने अनुभवहरू सामान्य घटनाभन्दा धेरै समयसम्म स्मरणमा रहने वैज्ञानिकहरूको भनाइ छ ।

    images
    images
    images

    अनुसन्धानले पहिलो पटक अनुभव गरिएका घटना, जीवनमा ठूलो प्रभाव पार्ने क्षण तथा अत्यधिक खुसी, उत्साह, पीडा वा निराशा जस्ता भावना उत्पन्न गर्ने घटनाहरू मस्तिष्कले विशेष रूपमा सुरक्षित राख्ने देखाएको छ । त्यस्ता सम्झनालाई बारम्बार सम्झिने बानीले ती झन् बलियो बन्दै जाने अध्ययनले जनाएको छ ।

    images
    images
    images

    विशेषज्ञहरूका अनुसार किशोरावस्थामा शरीरमा हुने हार्मोनको परिवर्तनले पनि पहिलो प्रेमलाई अझ प्रभावशाली बनाउछ । आकर्षण बढाउने हार्मोनसँगै मस्तिष्कबाट निस्कने विभिन्न रसायनले खुसी, आत्मीयता, विश्वास र भावनात्मक सम्बन्धलाई बलियो बनाउने भएकाले पहिलो प्रेमको अनुभव गहिरो रूपमा मनमा बस्ने गर्छ ।

    पहिलो प्रेमलाई केवल प्रेम सम्बन्धको सुरुआत मात्र नभई सामाजिक सम्बन्ध बुझ्ने पहिलो महत्वपूर्ण अभ्यासका रूपमा पनि हेरिन्छ । परिवारबाहिर पहिलो पटक कसैसँग गहिरो भावनात्मक सम्बन्ध निर्माण गर्ने अनुभवले विश्वास, आत्मीयता र सम्बन्धलाई कसरी अघि बढाउने भन्ने सिकाउने मनोवैज्ञानिकहरूको भनाइ छ ।

    अमेरिकामा गरिएको एक अध्ययनले वर्षौंपछि पुरानो प्रेमीसँग पुनः सम्पर्कमा आएका धेरै व्यक्तिले फेरि सम्बन्ध सुरु गरेको देखाएको थियो । त्यसमध्ये उल्लेख्य संख्यामा रहेका जोडीले विवाहसमेत गरेका थिए । अर्को अध्ययनले पनि पुरानो प्रेमीसँग पुनः सम्पर्क गर्ने धेरै व्यक्तिमा प्रेम सम्बन्ध पुनर्जीवित भएको देखाएको भए पनि सबै सम्बन्ध विवाहसम्म भने पुग्न सकेका थिएनन् ।

    अनुसन्धानकर्ताहरूका अनुसार इन्टरनेट र सामाजिक सञ्जालको विस्तारसँगै विगतका साथीहरूलाई खोज्न र सम्पर्क गर्न पहिलेभन्दा धेरै सहज भएको छ । त्यसले पुराना सम्बन्ध पुनः जोडिने सम्भावना पनि बढाएको उनीहरूको निष्कर्ष छ ।

    यद्यपि विशेषज्ञहरूले पुरानो प्रेमलाई सम्झनु भनेको अहिलेको सम्बन्धप्रति असन्तुष्टि हुनु भन्ने अर्थ नलाग्ने बताएका छन् । बरु विगतका सुखद क्षण सम्झिनुले वर्तमान सम्बन्धलाई पनि थप आत्मीय बनाउन सक्ने अध्ययनले देखाएको छ ।

    मनोवैज्ञानिकहरूका अनुसार अहिलेका जोडीहरूले सम्बन्धका सुरुआती खुसीका क्षणहरू, पहिलो भेट, पहिलो यात्रा वा अन्य विशेष अनुभवहरू समय–समयमा सम्झिँदा आपसी विश्वास, आत्मीयता र सम्बन्धप्रतिको सन्तुष्टि बढ्न सक्छ ।

    अध्ययनहरूको निष्कर्षमा पहिलो प्रेम केवल जीवनको एउटा अध्याय मात्र होइन, धेरैका लागि दशकौंसम्म मनमा जीवित रहने भावनात्मक अनुभव हो । त्यसैले उमेर बढ्दै जाँदा पनि धेरै मानिसले आफ्नो पहिलो प्रेमलाई जीवनकै सबैभन्दा स्पष्ट र प्रभावशाली सम्झनामध्ये एकका रूपमा सम्झिरहने गर्छन् ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पहिलो प्रेम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।