Logo

२०८३, श्रावण २७गते


images
images

रोटरी क्लब अफ देवदहको मासिक बुलेटिन रोटरी देवदह दर्पणको पहिलो अंक लोकार्पण

रोटरी क्लब अफ देवदहको मासिक बुलेटिन रोटरी देवदह दर्पणको पहिलो अंक लोकार्पण

images
  • रोटरी क्लब अफ देवदहको मासिक बुलेटिन रोटरी देवदह दर्पणको पहिलो अंक लोकार्पण
    images
    images

    देवदह । रोटरी क्लब अफ देवदहको मासिक समाचार बुलेटिन रोटरी देवदह दर्पणको पहिलो अंक लोकार्पण गरिएको छ । शनिबार देवदह–५ स्थित लोकेश्वर मन्दिरमा आयोजित कार्यक्रममा बुलेटिन लोकार्पण गरिएको हो । क्लबका गतिविधि, सामाजिक सेवा तथा आगामी कार्यक्रमहरूलाई नियमित रूपमा समेट्ने उद्देश्यले प्रकाशन सुरु गरिएको क्लबले जनाएको छ ।

    images
    images
    images

    लोकार्पण कार्यक्रममा बोल्दै क्लबका चार्टर प्रेसिडेन्ट जयकिशन अधिकारीले रोटरी देवदह दर्पणको प्रकाशन रोटरी क्लब अफ देवदहले हासिल गरेको महत्वपूर्ण उपलब्धि भएको बताए । बुलेटिन निरन्तरताका लागि शुभकामना व्यक्त गर्दै उनले क्लबका गतिविधिलाई व्यवस्थित रूपमा अभिलेखीकरण गरी समुदायसम्म पुर्‍याउन प्रकाशनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    images
    images
    images

    रोटरी क्लब अफ देवदहका अध्यक्ष रोटेरियन नारायण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका इमिडिएट पास्ट प्रेसिडेन्ट डोलराज न्यौपाने, पास्ट प्रेसिडेन्टहरू कृष्णप्रसाद पौडेल, डा. सुन्दर पाण्डे, कुलप्रसाद पौडेल, देवदह अध्यात्मिक प्रतिष्ठानका अध्यक्ष रुद्रमणि ढकाल, हरिकिर्तन भजन समूहका अध्यक्ष तिलक काफ्ले, समाजसेवी गोविन्द ढकाल र क्लबका पादाधिकारीहरुको सहभागिता रहेको थियो ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रोटरी देवदह दर्पण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।