Logo

२०८३, श्रावण २७गते


images
images

पोखरा र जापानको कोमागानेबीच श्रम सहकार्यका लागि समझदारी गर्ने तयारी

पोखरा र जापानको कोमागानेबीच श्रम सहकार्यका लागि समझदारी गर्ने तयारी

images
  • पोखरा र जापानको कोमागानेबीच श्रम सहकार्यका लागि समझदारी गर्ने तयारी
    images
    images

    पोखरा । पोखरा महानगरपालिका र जापानको कोमागाने सहरबीचको द्विपक्षीय सम्बन्ध तथा श्रम सहकार्यलाई थप प्रभावकारी बनाउने तयारी अघि बढाइएको छ ।

    images
    images
    images

    आगामी असोजमा कोमागाने सहरका प्रमुखसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल पोखरा आउने र सोही क्रममा रोजगारी मेला सञ्चालन गर्नुका साथै दुई सहरबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको हो ।

    images
    images
    images

    कार्यक्रमको तयारीका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, एआईसी कर्पोरेसनका प्रतिनिधि तथा सूचना प्रविधि अधिकृत सुवास ढुङ्गानाबीच भेटघाट भएको छ। साथै कोमागाने सहरका प्रतिनिधिसँग अनलाइन माध्यमबाट संवाद गरी आगामी कार्यक्रमको विस्तृत कार्ययोजनाबारे छलफल गरिएको छ ।

    images
    images
    images

    जापानको कोमागाने सहरका प्रमुख युजो इतोको नेतृत्वमा उच्चस्तरीय प्रतिनिधिमण्डल आगामी असोज १७ गते पोखरा आउने कार्यक्रम तय भएको छ। प्रतिनिधिमण्डलको भ्रमणका क्रममा असोज १७ र १८ गते पोखरामा विशेष रोजगारी मेला सञ्चालन गरिनेछ ।

    रोजगारी मेलामार्फत पोखराका दक्ष तथा प्राविधिक जनशक्तिलाई जापानमा रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखिएको नगर प्रमुख आचार्यले बताएका छन् ।

    भ्रमणका क्रममा पोखरा महानगरपालिका र कोमागाने सहरबीच दक्ष जनशक्तिलाई जापानमा रोजगारीका अवसर उपलब्ध गराउने तथा श्रम सहकार्यलाई व्यवस्थित बनाउने विषयमा दुवै सहरका प्रमुखले समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।

    यसैगरी पोखरा र कोमागानेबीचको भगिनी सम्बन्धको प्रतीकका रूपमा रहेको ‘कोमागाने पार्क’को स्तरोन्नति गर्ने विषयमा समेत छलफल अघि बढाइएको छ। पार्कमा कोमागाने सहरको पहिचान, संस्कृति र विशेषता झल्किने स्थायी संरचना निर्माण तथा आवश्यक पूर्वाधार विकासका लागि सहकार्य गर्ने तयारी गरिएको छ ।

    पोखरा महानगरपालिकाले पोखरा र कोमागानेबीचको सम्बन्धलाई आर्थिक, सांस्कृतिक, पर्यटन तथा जनस्तरको सहकार्यसँग जोड्दै थप विस्तार गर्ने योजना बनाएको छ ।

    आगामी कार्यक्रमले पोखराका युवालाई जापानमा सुरक्षित तथा दक्ष रोजगारीका अवसरसँग जोड्नुका साथै दुई सहरबीचको भगिनी सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।