Logo

२०८३, श्रावण २७गते


images
images

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते

images
  • बीपी राजमार्गमा हाइस दुर्घटना, चार जना घाइते
    images
    images

    सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका–५ छब्बिसस्थित बीपी राजमार्गमा हाइस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

    images
    images
    images

    मोरङबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ५९८४ नम्बरको हाइसको ब्रेक फेल भएपछि अनियन्त्रित भएर सडकको नालामा खस्दा दुर्घटना भएको हो । दुर्घटनामा धनुषाको गणेशमान नगरपालिका–७ की २२ वर्षीया रुवी साह र मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ का १९ वर्षीय समित भुजेल गम्भीर घाइते भएका छन् ।

    images
    images
    images

    त्यस्तै, सुन्दरहरैँचा नगरपालिका–१२ का २० वर्षीय उज्वल चौधरी र सुनसरीको इटहरी उपमहानगरपालिका–१७ का ४२ वर्षीय दुर्गानन्द शर्मा सामान्य घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ । हाइसमा चालकसहित १४ जना सवार रहेकोमा दुर्घटनामा चार जना घाइते भएका हुन् ।

    images
    images
    images

    दुर्घटनापछि हाइस चालक मोरङको बेलबारी नगरपालिका–३ का २५ वर्षीय उमेश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।