Logo

२०८३, श्रावण २७गते


images
images

झापामा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

झापामा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते

images
  • झापामा अटो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
    images
    images

    झापा । झापाको बिर्तामोड नगरपालिका–२ बाह्रकोटीगाउँमा अटो र ट्याक्टर एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

    images
    images
    images

    भित्री सडकखण्डमा मे १ ह ३८४२ नम्बरको अटो र मे १ त ७१५३ नम्बरको ट्याक्टर ठोक्किँदा दुर्घटना भएको हो ।

    images
    images
    images

    दुर्घटनामा अटो चालक तयामुल हकसहित अटोमा सवार झापा गाउँपालिका–४ भामटोलीकी ३५ वर्षीया सुखि बिवीसहित पाँच जना घाइते भएका थिए । 

    images
    images
    images

    घाइते सबैलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उपचारका क्रममा सुखि बिवीको दिउँसो १: ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य चार जनाको उपचार भइरहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।