दुबई । देवदह सेवा समाज यूएईले नेपाली कला, संस्कृति र मौलिक परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आगामी सेप्टेम्बर १३ मा दुबईमा ‘तीज मिलन कार्यक्रम–२०२६’ आयोजना गर्ने भएको छ ।
हरितालिका तीजको अवसरमा आयोजना हुने कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान, नेपाली मौलिक खानाका परिकार तथा नेपाली समुदायबीच भेटघाट रहने आयोजकले जनाएको छ ।
दुबईको बर-दुबईस्थित निजाम्स (ग्रान्ड एम्बेसडर होटल) मा दिउँसो १२ः३० बजेदेखि सुरु हुने कार्यक्रममा यूएईमा रहेका देवदहवासीसहित नेपाली समुदायलाई परिवारसहित सहभागी हुन आयोजकले आग्रह गरेको छ ।
प्रवासमा नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिनुका साथै नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको समाजले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology