Logo

२०८३, श्रावण २७गते


images
images

सगरमाथा माविमा शिक्षक–अभिभावक अन्तरक्रिया

सगरमाथा माविमा शिक्षक–अभिभावक अन्तरक्रिया

images
  • सगरमाथा माविमा शिक्षक–अभिभावक अन्तरक्रिया
    images
    images

    देवदह । सगरमाथा आवासीय माध्यमिक विद्यालय देवदह–७, शीतलनगरमा कक्षा प्लेग्रुप र नर्सरीमा अध्ययनरत विद्यार्थीका अभिभावक तथा शिक्षकबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा विद्यालयका प्राचार्य कृष्णप्रसाद पौडेलले सानो उमेरका बालबालिकालाई माया र ममतापूर्ण वातावरणमा हुर्काउँदै उनीहरूको बौद्धिक क्षमता विकासका लागि पर्याप्त अवसर दिनुपर्ने बताए ।

    images
    images
    images

    कार्यक्रममा सहभागी अभिभावकले शिक्षालाई व्यावहारिक तथा जीवनोपयोगी बनाउनुपर्नेमा जोड दिए ।

    images
    images
    images

    कार्यक्रममा प्लेग्रुपकी कक्षा शिक्षिका तारा पुन तथा नर्सरीका कक्षा शिक्षिका गोमा काफ्ले, निर्मला राना र अनिता डम्मरपालले विद्यार्थीहरूको समष्टिगत विवरण प्रस्तुत गरेका थिए ।

    कक्षा प्लेग्रुप र नर्सरीका ६० जना अभिभावकको सहभागिता रहेको कार्यक्रम विद्यालयका प्राचार्य पौडेलको अध्यक्षता तथा रस्सा केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।